कुमार बस्नेत (अधिराज)
सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका – ६ पाटीडाँडामा सम्पन्न महेन्द्रोदय कप २०८० भलिबल प्रतियोगिताको उपाधि आयोजक महेन्द्रोदय माविले नै जितेको छ भने उप बिजेता जाल्पा मावि कोठे भएको छ । असोज २५ गते बिहिवारबाट सुरू भएको खेलमा सुनकोसीका १२ मावि विद्यालयहरू मध्य ८ वटाले प्रतियोगितामा भाग लिएका थिए ।
शनिबार भलिबल प्रतियोगिता समापन कार्यक्रमको अध्यक्षता बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष रेशम बहादुर पाख्रिनले गर्नु भएको थियो ।
प्रमुख अथिति सुनकोसी गाँउपालिकाका अध्यक्ष टपेन्द्र प्रसाद तिमल्सिना, विशेष अथिति सुनकोसी – ६ का वडा अध्यक्ष चक्र बहादुर बस्नेत, सुनकोसी –७ का अध्यक्ष ईश्वर तिमल्सिना, महेन्द्रोदय माविका प्रअ कृष्ण प्रसाद दंगाल, सुनकोसी –६ का निबर्तमान वडा अध्यक्ष राम कुमार थापा, चन्दा दाताहरू शिक्षकहरू, विद्यार्थी अभिभावक लगाएतको बाक्लो उपस्थित रहेको थियो ।
कार्यक्रममा प्रमुख अथिति गाँउपालिकाका अध्यक्ष टपेन्द्र प्रसाद तिमल्सिनाले बिजेता र उप बिजेतालाई धन्यवाद दिदै भलिबल खेल छेत्रमा राम्रो नाम कमाएको महेन्द्रोदय माविलाई अझै प्रगतिको शुभकामना बिद्यालय छात्रा बास बनाउन गाँउपालिकाबाट ४ लाख सहयोग गर्ने र ट्रस बनाउन ४०% गाँउपालिकाले सहयोग गर्ने ६०% विद्यालयले ब्यवस्थापन गर्नु भन्दै आफुले बोलेको वचन पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
ताराचक्र अक्षेयकोष स्थापना गरेरै बिद्यालयलाई सहयोग गर्दै आएको र बालमैत्री विद्यालय, बालमैत्री पहिलो वडा २०८४ अगाडि नै घोषण गर्न म लागि परेको छु यसमा गाँउपालिकाको सहयोगको अपेक्षा रहेको सुनकोसी – ६ का वडाअध्यक्ष चक्र बहादुर बस्नेतले बताउनु भयो ।
कार्यक्रममा महेन्द्रोदय बालअधिकार मञ्चले देउसी भैलो कार्यक्रम प्रस्तुत गेरेका थिए । दशै तिहार लामो समय बिदा हुने भएकोले तिहारको कार्यक्रम गर्न नपाउने भएकोले अहिलेनै गरेको बाल क्लबका संयोजक शिक्षिका जानुका खत्रिले बताउनु भयो ।
२०५५ सालमै गठन भएको महेन्द्रोदय बालअधिकार मञ्च लामो समय निष्कृय रहे पनि हाल २०८० बैशाखबाट सकृय बनाउदै मिलन केसीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति बनाएको थियो । बाल क्लबको संरक्षणमा शिक्षिका जानुका खत्रि संयोजक र अन्जिता अधिकारी सहसंयोजक हुनुभएको छ ।
देउसी भैलो, नृत्यको ब्यवस्थापन भने मनिका कार्कि र कुन्छाङ शेर्पाले गर्नुभएको थियो । देउसिभैलोमा प्रमुख अथिति,अथिति,लगाएतले दान दिएको पैसा ५३५७५ उठेको थियो ।
उक्त पैसा आत्मनिर्भर ऋण तथ बचत सहकारी सुनकोसी –६ पाटिडाँडामा रहेको शाखामा मञ्चको खातमा जम्मा गरि राख्ने र बालबालिकालाई तालिम अथवा बालबालिकाकै हितका लागिमात्र खर्च गरिने विद्यालयले जनाएको छ ।
महेन्द्रोदय कपका लागि शुभचिन्तकहरूबाट ३ लाख संकलन भएको र उक्त रकम प्रतियोगितामै खर्च गर्ने सबको सहयोगका कारण यो कार्यक्रम सफल बनाउन सकिएको विद्यालय प्रअ दंगालले बताउनु भयो ।
महेन्द्रोदय माविको हरेक सुख दुःखमा साथ दिने विद्यालयलाई नयाँ ढंगले अगाडि बढाउने, पुर्व विद्यार्थीहरूलाई पनि समेटेर पुर्व विद्यार्थी मञ्च बजाउने र कोष बनाएरै भए पनि आउदा दिनहरूमा अगाडि बढ्ने यस्ता खेल प्रतियोगिताहरू गरि रहने सहयोगीहरू सबैमा धन्यवाद दिदै कार्यक्रम समापन बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रेशम बहादुर पाख्रिनले गर्नु भएको थियो ।
