आफ्नो निर्वाचन क्षेत्रको सबै मुख्य २४ वटा सडक ५ बर्ष भित्र पिच गर्ने संकल्प गरेको बाग्मति प्रदेशका भौतिक पूर्वाधार बिकाश मन्त्री युवराज दुलालले बताउँनु भएको छ । उँहाले उक्त कुरा ऐसेलुखर्क माध्यमिक बिद्यालयले समावेशी चाडपर्व २०८० को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख अतिथीको आशनबाट बोल्दै यस्तो बताउँनु भएको हो । ऐ
सेलुखर्क माबिमा पढेका धेरै विद्यार्थीहरु सरकारको विभिन्न ओहोदाहरुमा रहेर देशको सेवा गरिरहेकोमा आफुलाइ खुशी लागेको बताउँदै यसमा बिद्यालयले गौरवको महसुस गरिरहेको बताउनुभयो । आफ्नो कर्म थलोको सेवा गर्न छोडेर बिदेश गएर कहिल्यै देशको बिकास नहुने भएकोले आफुले शिक्षा लिएका ठाउँको सेवा गर्नू पर्ने उहाँको भनाई थियो । विद्यार्थी भनेको देशको भबिस्य भएको बताउँदै उहाँले विद्यार्थीलाइ आफ्नो लागि मात्र नभई देशकै हितमा काम गर्ने खालको बनाउनु पर्नेमा जोड दिनुभयो ।
त्यस्तै मन्त्री दुलालले बिद्यालयको घेराबारको लागि बजेट छुटयाउने प्रतिबद्धता पनि जनाउनुभयो । मन्त्री दुलालले काम गर्न कुनै पद नचाहिने बताउँदै पदमा नहुँदा पनि जनप्रतिनिधिको नाताले बिकास निर्माण र जनसेवाको लागि सधै तयार रहेको बताउनुभयो । त्यस्तै सबैले मिलेर काम गरे छिटो बिकास हुने बताउँदै राम्रो काम गर्नेको खुट्टा तान्ने प्रबृत्तिले गर्दा बिकास हुन बाधा पर्ने बताउनुभयो । कार्यक्रममा बिशेष अतिथी इन्द्रावती गाउँपालिका उपाध्यक्ष शोभना तामाङ नेपाल सरकारका सह सचीव तथा पुर्व प्रमुख जिल्ला अधिकारी नरेन्द्र राज पौडेल र नेपाल सरकारका पुर्व सह सचीव राधा कृष्ण प्रधान, पत्रकार एवम समाज सेवी राम खड्का,बिभिन्न बिद्यालयका शिक्षक तथा बिद्यार्थीहरु, शिक्षापे्रमी, समाजसेवी, अभिभावक लगायत बिद्यार्थीहरुकोे उपस्थिती रहेको थियो । साथै कल्पना दाहाल, स्मृति गौतम, सुर्यमणी आचार्य, हरी थापा लगायतका कलाकारहरुले मनोरञ्जन प्रदान गर्नुका साथै विद्यार्थीहरुले पनि विभिन्न प्रस्तुति दिनु भएको थियो । त्यस्तै रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारती ,पत्रकार राम खड्का,लगायत ऐसेलुखर्क माबिमा पढेर विभिन्न ओहोदामा रहेका पूर्व विद्यार्थीहरुलाइ सम्मान पनि गरीएको थियो ।
इन्द्रावती गाउँपालिका वडा नम्बर ५ मा रहेको ऐसेलुखर्क माध्यमिक बिद्यालयले समावेशी चाडपर्व २०८० को अवसरमा शुभकामना आदान प्रदान एवम् बिद्यालयका पुर्व व्यस्थापाक, प्रशासक, शिक्षक र बिशेष क्षेत्रमा उत्कृष्ठता हासिल गरेका पूर्व विद्यार्थी तथा बिशेष सहयोगी व्यक्ति र सामाजिक संस्थाहरुको लागि अभिनन्दन गरेको हो । बिद्यालयका ब्यवस्थापन समिती अध्यक्ष मिना थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
