सम्पर्क

बाघ र बाँदरका बिरुद्ध प्रहरी परिचालन

सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ११ वडाले गाउँमा पसेको बाघ, बाँदर लगायतका वन्यजन्तु धपाउन प्रहरी परिचालन गरेको छ ।
वडा अध्यक्ष रोशनराज गिरीले स्थानीय नागरिकले दुख गरेर बर्षाभरी गरेको खेती भित्राउँने बेला बन्यजन्तुले बिनास गरिदिएपछी यसको नियन्त्रणको उपाय खोजी गरिरहनु भएको अबस्थामा बच्चा सहितको बाघिनी गाउँ नजिक पटक पटक देखिन थालेपछी स्थानीय नागरिक र सुरक्षा कर्मी सहीतको टोलीले बाँदर र बाघको खोजी गर्न लागीएको हो ।
गाउँमा पटकपटक गरी २० वटा खसीबाख्रा मारी सकेपछी दिउँसै मानिसलाई नै आक्रमण गर्न थालेकाले बाघको खाजी गरि बन्य जन्तु संरक्षण कार्यालयलाई जिम्मा लगाउँनका लागी बाघको खाजी गरेको र यस क्षेत्रमा बाँदर पनि नआओस् भन्नका लागी बुधबार स्थानीय ससहत प्रहरीहरु परिचालित भएको वडाअध्यक्ष गिरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार ‘बाँदर, बँदेल, मृग लगायतका वन्यजन्तुले पहिलेदेखि वडाका किसानको बालीनाली सखाप पारेर सास्ती भोगिरहेका थिए, पछिल्लो समयमा बाघनै गाउँमा बस्न थालेपछि प्रहरीको सहयोगमा यो अभियान चलाएको हो । चारैतिरबाट वनजंगलले घेरिएको वडा नं. ११ का तल्लो भेगका बस्ती तथा जंगलमा बुधबार इलाका प्रहरी कार्यालय बन्देउबाट सशस्त्र प्रहरी र प्रहरी चौकी साँगाचोकका जनपथ गरी ३५ जना प्रहरीको टोली बाघ लुकेको सम्भावित स्थल खोजको थियो । वडाका तल्लो भेगका महादेवटार, एक्ले, जामुने, कटुञ्जेपानी, देउराली, फँलाटे, पानीचौर, काभ्रेलगायतका जंगल तथा झाडीक्षेत्रमा बाघ भने तर बाघले खाएर छोडेका बाख्राहरुका शरिरका केही भाग भने ठाउँ ठाउँमा भेटिएको वडा अध्यक्ष गिरीले जानकारी दिनुभयो ।