सम्पर्क

फट्टेमा सवारी साधन सुचारु

मेलम्ची नगरपालिका – ११ स्थित फट्टेमा रातारात ह्युम पाइप राखेर सवारी साधन आवत जावत गराइएको छ । चाडवाड नजिकिएको र खोलाको सतह घटेसंँगै नगरप्रमुख आइतमान तामाङको निर्देशनमा ३ दिन अघिदेखि अस्थायी पुल निर्माण कार्य सुरु गरेको थियो । १६ गते आएको बढीले क्षति पुर्याएपछि मर्मत गरी संचालनमा बुधबार देखी ल्याएको हो । २०७८ साल असार १ को बाढीले पक्कि पुल बगाए संगै हिउँदमा अस्थायी रुपमा खोलामा ह्युम पाइप राखेर सवारी आवागमनलाई सहज बनाउने गरिएको छ । बर्खा लागेसंँगै उक्त ह्युमपाइप झिकिए पश्चात् मेलम्ची नगरपालिकाको वडा नं.७, ८, हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिकाको नागरीकले सास्ती खेप्दै आएका थिए । अब अस्थायी पुल निर्माणसँंगै स्थानीयलाई चाडपर्वको लागि आबश्यक सामाग्री ढुवानी गर्न तथा मानिसहरुलाई आवातजावत गर्न सहज हुनेछ । उक्त स्थानमा संघ र प्रदेस सरकारले बेवास्था गरेपनी स्थानीय नागरिकका लागी नगरपालिकाले पक्की पुल निर्माणको प्रक्रिया अघि बढाएको छ ।