काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिका वडा न.८ स्थित दोलालघाट बसपार्क क्षेत्रमा ‘अम्ब्रेला स्ट्रिट’ बनेको छ । पर्यटकीय क्षेत्र दोलालघाटको आकाशमा रङ्गीचङ्गी छाताले ढाकिएको छ । आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न दोलालघाटमा ‘अम्ब्रेला स्ट्रिट’
बनाइएको दोलालघाट बासीहरुले बताएका छन । रङ्गीचङ्गी छाताहरु राखेर बनाइएको स्थानमा पर्यटक लोभिने र सो स्थानको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा रहेको भुम्लु गाउँपालिकाले जनाएको छ । पिकनिक, घुमघामको लागि दोलालघाट क्षेत्रमा पर्यटकको बाक्लो चहलपहल हुने गरेको छ । सो क्षेत्रमा थप पर्यटक भित्राउन गाउँपालिकाले गृहकार्य गरिरहेको छ ।
