सम्पर्क

बाह्रबिसेको नर्सरी महिला लाई

सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिकामा वडा नं. ८ मानेस्वारमा फरेसट एक्सन संस्थाको सहयोगमा नर्सरी टनेल निर्माण गरीएको छ । एक्सनले निर्माण गरेको उक्त नर्सरी सेतिदेवि महिला समुहलाई हस्तानन्तरण गरिएको छ । बाहबिसे नगरपालिकाको उपप्रमुख मन्जु तामाङले एक समारोहका बिच बुधबार नर्सरीको उद्धघाटन गर्नु भएकोे हो । उद्धघाटनसँगै सोही स्थानको महिला समुहलाई नर्सरी हस्तान्तरण गर्नु भएको थियो । उक्त कार्यक्रममा उपप्रमुख तामाङले नर्सरी निर्माण गर्ने काममा सहायोग गरेर नगरको आयआर्जनमा सहयोग गरेकोमा एकसन परिवारलाई बिशेष धन्यबाद दिदै महिला समुहलाई भोलिका दिनमा थप सहयोग गर्न नगरपालिका तयार रहेको बताउनुभयो । उहाँले नगरपालिकाका नागरिकहरलाई कसरी सेवा दिने र कसरी नागरिकलाई स्थानीय स्तरमा नै रोजगारको व्यवस्था गर्ने भनेर नगर लागि परेको बेला यस्ता खालका योजनाहरु निर्माण हुँदा आफुलाई खुशी लागेको समेत बताउँनु भयो ।