कुमार बस्नेत (अधिराज)
सुनकोशीमा दुर्घटना न्युनिकरण गर्न सडकमा चेतनामूलक साईन बोर्ड राखिएको छ ।
सुनकोशी गाँउपालिकाको आर्थिक सहयोगमा जिल्ला ट्राफिक कार्यालयको समन्वयमा दुर्घटना न्युनिकरण गर्न जिरी सडकको ६ कि.मिमा जनचेतनामूलक साईन बोर्ड राखिएको हो ।
सुनकोशी –७ स्थित जिरी सडकको ६ कि.मिको मोडमा बिगतदेखि नै धेरै जसो दुर्घटना भैई रहने र धरै जसो दुर्घटनामा मानविय क्षति भैई रहेकोले उक्त ठाउँमा आउदा दिनहरूमा तेस्ता दुर्घटना नहोस् भनी जिल्ला ट्राफिक सिन्धुपाल्चोकसँग समन्वयमा सन्देशमुलक पर्चा, सडक छेउमा दुर्घटना संकेतहरू राखिएको सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्र प्रसाद तिमल्सिनाले बताउनुभयो ।
अरनिको सडक र जिरी सडकमा धेरै जसो दुर्घटना भैई जनधनको क्षति हुने गरेकोले सम्बन्धित गाँउपालिका, नगरपालिकाहरूसँग समन्वय गरि जनचेतनामूलक वोर्ड दुर्घटना भईरहने ठाउँहरूमा राख्ने, र पर्चाहरू चालक र यात्रुहरूलाई दिदै सचेत गराईने जिल्ला ट्राफिक कार्यालय सिन्धुपाल्चोकका प्रमुख उत्तम राज आचर्याले बताउनुभयो ।
