संघीय निजामती विधेयकमा स्थानीय सेवाका कर्मचारीहरुका माग सम्बोधन नभए पछी शुरु गरिएको आन्दोलन ले उग्ररुप लिने भएको छ ।
स्थानीय तह कर्मचारी सघर्ष समितीको सोमबार बसेको बैठकले शान्तीपुर्ण आन्दोलनमाथी सरकारले बल प्रयोग गरी १२५जनालाइ लाठी प्रहार बाट घाइते बनाएको भन्दै मङ्गलबार देखी शसक्त रुपमा आन्दोलनमा प्रस्तुत हुने निर्णय गरे सँँगै स्थानीय कर्मचारीहरको आन्दोलन उग्र हुने भएको हो ।
नेपालहिरुको महान चाड नजीकीदै गर्दा स्थानीय स्तरमा गरेका कामहरु र स्थानीयहरुले पाउँने सुबिद्याहरुमा समेत आन्दोलनका कारण स्थानीय हरु मर्कामा परिरहेको बेला सरकारले समस्या समधान गर्नका साटो आन्दोलनलाइ अझ बढी सशक्त रुपले अगाडी बढाउन बाध्य बनाएको सघर्ष समितीका सहसंयोक राम न्योपानेले बताउँनु भए को छ ।
उँहाका अनुसार आन्दोलना महीला सहीत २५जनाकर्मचारी गम्भीर र १००जना कर्मचारी सामान्य घाइते भएका छन ।
सोमबार सघर्ष समितीका संयोजक दिपक गौतमको संयोजकत्वमा बसेको बैठकले सोमबार बिरोध र्याली सहीत बानेश्वरमा पुगेर कोण सभामा परिणत भइरहेको बेलामा नेपाल प्रहरी बाट आन्दोलकारी कर्मचारीहरुमाथी दमन गर्दै लखेटी लखेटी कुटपिट गरेको शान्तीपुर्ण आन्दोलन दबाउँने काम गरेकोले सरकारको उक्त कार्य प्रती खेद प्रकट गर्दै २३गते मङ्गलबार देखी देसभरीकै स्थानीय तह ठप्प पारी ७५३वटै स्थानीय तहका कर्मचारीहरुलाइ काठमाण्डौ आन्दोलनमा सहभागी हुन आह्वान गरेको छ ।
यसै गरी बैठकले स्थानीय तहमा प्रमुख प्रशासकयि अधिकृतले यो आह्वानको बिरुद्ध कार्यलय सञ्चालन गर्न खोजेमा प्रमुख प्रशासकीय अधिकृतलाइ कार्यलय प्रबेशमा समेत रोक लगाउँने निर्णय गरेको छ । स्थानीय तह कर्मचारी सघर्ष समितीले गरेको शान्ती पुर्ण आन्दोलनमा प्रहरीले गरेको अनुचित दमनको घोर भर्सना गर्दै घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।
