सम्पर्क

ब्रेकिङ न्युज १

१०नं वडाद्धारा शिक्षक सँगै बिद्यार्थीलाइ सम्मान

#, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको चौतारासाँगाचोकगढी नगरपालिका वडा नं १० ले राम देबी माबीका छात्रा दिपीसा खड्का लगाएत आफ्नो वडाका उत्कृष्ट बिद्यार्थी , शिक्षक, र बिद्यालयलाइ नगद सहीत सम्मान गरेको छ ।                वडा नं १०को वडाअध्यक्ष निल बहादुर तामाङ सुमनको अध्यक्षता चौतारासाँगाचाकेगढी नगरपालिकाका सामाजीक बिकास शाखाका संयोजक तथा वडा नं १३का वडा अध्यक्ष राम प्रसाद गौतमको प्रमुख अतिथ्यतामा रामदेबी माध्यमिक बिद्यालयमा एक समारोहका आयोजना गरी उक्त सम्मान गरिएको हो । कार्यक्रमको उद्धघाटन गर्दै प्रमुख अतिथी गौतमले कसरी शिक्षा सिकाइमा बढी भन्दा बढी उपलब्धी हासिल गर्न सकिन्छ भनेर नगर शिक्षा समितीले प्रअहरको मनोबल बढाउँनका लागी बिशेष भत्ताको व्यवस्था गरेको , शिक्षक कमी भएका माथील्लो तहका बिद्यालय माब िउमाबमिा पढाउँने तल्लो तहका शिक्षकलाइ थप पारिश्रमीकको व्यबस्था गरेको , सरकारले कक्षा ५ ...

सूर्यविनायक श्रृजनानगर चोकमा दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

ब्रेकिङ न्युज १, समाचार
अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक नगरपालिका–५ श्रृजनानगर चोकमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । भक्तपुरबाट काठमाडौँ जाँदै गरेको नम्बर नखुलेको टिपरले सोही दिशातर्फ जाँदै गरेको बा.९७प. २९५० नंको मोटरसाइकललाई ठक्कर दिँदा सिन्धुपाल्चोक चौतारा साँगागढी नगरपालिका–८ घर भई हाल सूर्यविनायक नगरपालिका–८ बस्ने २३ वर्षीय रामशरण थापामगरको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा मोटरसाइकल चालक सिन्धुपाल्चोक घर भई हाल काँडाघारी बस्ने १८ वर्षीय शिव आलेमगर घाइते भएका छन् । घाइते मगरको मध्यपुर अस्पताल ठिमीमा उपचार भइरहेको पाठकले जानकारी दिनुभयो । घटनापछि फरार रहेका टिपर चालकको खोजी कार्य जारी रहेको र घट्नाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । रासस...

बाह्र्रबिसेमा ३६दिने योग शिबीर सम्पन्न नगरस्तरीय समिती गठन

ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, समाचार, साहित्य, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला बाह्र्रबिसे नगर पालिकाकामा शिबीर गरौं योग रहौं निरोग भन्ने मुल नाराका साथ भदौं १३ गते बाट शिक्षक तालिम सञ्चालन शुरु भइ १९गते सम्पन्न भएको छ । बाह्रबिसे नगरपालिका—३ खुर्सानीबारी कर्बडहलमा शुरु भएको शिबीर १९गते कबर्ड हलमा नै सम्पन्न भएको हो । कार्यक्रमको समापन गर्दै बाह्र्बिसे नगरपालिकाका प नगर प्रमुख बालकृष्ण बस्नेतले आत्मअनुशासन कायम गर्दै स्वस्थ्य र सकारात्मक जीवन बाँच्नका लागि योग गर्नेहरूको संख्या बढ्दै गएको मा खुशी लागेको बताउँदै बाह्र्बिसे नगरपालिकामा आएर पतञ्जली योग समिति बागमति प्रदेश प्रमुख ग्रोविन तौजलले यसरी योग प्रशीक्षण दिएर नगरमा नै योग प्रशिक्षक उत्पादन गरिदिएकोमा बिशेष धन्यबाद दिनु भयो । उँहाले योगले व्यक्तिको तनाव कम गर्न मात्रै नभएर मन र मस्तिष्कलाई पनि शान्त बनाउँछ । शारीरिक र मानसिक दुवै तवरले स्वस्थ रहनका लागि खाना, आराम र व्यायामको सन्तुलन मिल्नैपर...

बनेपा महोत्सव सुरु

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
काभ्रेपलाञ्चोक, १९ असोज : काभ्रेपलाञ्चोकमा व्यापारिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक खेल मेला बनेपा महोत्सव-२०८०’ चौथो संस्करणको आजदेखि सुरुआत भएको छ । दसैँको पूर्वसन्ध्यामा बनेपा ब्वाइज क्लबद्वारा आयोजित मेला–महोत्सव बनेपास्थित उगे्रश्वर मन्दिर परिसरमा कात्तिक ४ गतेसम्म सञ्चालन हुने छ । सम्मेलनमा पर्यटन, कृषि, धार्मिक, सांस्कृतिक, औद्योगिक, हस्तकला तथा खेलकुद विकास गर्ने उद्देश्यले लिइएको छ । महोत्सवको बाग्मती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री तीर्थ लामाले आज उद्घाटन गर्नुभयो । मन्त्री लामाले स्थानीय सांस्कृतिक, औद्योगिक, हस्तकला प्रवद्र्धन र खेलकुद विकासमा महोत्सवले ठूलो सहयोग पुग्नेमा विश्वास व्यक्त गर्नुभयो । “महोत्सव आन्तरिक पर्यटक प्रबद्र्धन र आर्थिक गतिविधि बढाउन सहयोगी हुनेछ”, उहाँले भन्नुभयो । मेला उद्घाटनअघि बनेपास्थित चैतन्यचोकदेखि महोत्सवस्थलसम्म स्थानीय कला संस्कृति झल्...

जुगलको आफ्नै भवनबाट सेवा शुरु

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
सिन्धुपाल्चोक जिल्लाको जुगल गाँउपालिकाले आफ्नै भवनबाट सेवा प्रदान गर्न थालेको छ । जुगल गाउँपालिकाले नव निर्मीत भवनबाट प्रशासनिक काम सुचारु गरेको हो । सिन्धुपाल्चोक जिल्लामा रहेका १२ स्थानीय तहमध्ये चौतारा साँगाचोकगढी नगरपालिका, बाह्रविसे नगरपालिका मेलम्ची नगरपालिका, इन्द्रावती गाउँपालिका, भोटेकोशी, लिसंखुपाखर, पाँचपोखरी थाङपाल गाउँपालिकाले यसअघि देखि नै आफ्नै भवनबाट सेवा दिइरहेका छन् । बलेफी गाँउपालिकाले भने वडा नं. ५ को भवनबाट सेवा दिइहेको छ । बलेफी गाँउपालिकाले पनि नयाँ भवन बनि सकेको छ । उक्त भवन पुर्ण रुपले सम्पन्न भई नसकेकोले सम्पन्न हुन केही महिना लाग्ने भएकाले केहि महिनापछी आफ्नै भवनमा सर्ने पालिकाका अध्यक्ष गंगा तामाङ्गले बताउँनु भएको छ । यस्तै लिसंखुपाखर गाउँपालिकाले पनि फराकिलो गरि बनाइएको नयाँ भवन अन्तिम चरणमा पुगेको जनाएको छ । १२ पालिका मध्य सुनकोशी, हेलम्बु, त्रिपुरासुन्दरी गा...

सबै सुरक्षा निकायहरूले व्यावसायिक समन्वयकासाथ कर्तव्य निर्वाह गर्नुपर्ने , गृहमन्त्री श्रेष्ठ

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले समाजमा शान्ति सुरक्षा, सामाजिक सद्भाव, एकता र सहिष्णुता कायम गर्न सबै सुरक्षा निकायहरूले आफूलाई दिइएको जिम्मेवारीलाई गम्भीरतापूर्वक आत्मसाथ गर्दै व्यावसायिक समन्वयका साथ कर्तव्य निर्वाह गर्नुपर्ने बताउनुभएको छ । महोत्तरीको बर्दिवासस्थित गौतम होटलमा बुधबार आयोजित समसामयिक सुरक्षा सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै माननीय उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले उक्त कुरा बताउनुभएको हो । साथै उहाँले सबै सुरक्षा निकायहरू एकातावद्ध भएर निर्दिष्ट जिम्मेवारी पूरा गर्न यस अन्तरक्रियाले स्पष्टता र उर्जा प्रदान गरेकोले सोही अनुरूप सुरक्षा निकाय क्रियाशील हुने विश्वास व्यक्त गर्नुभयो । चाडपर्वलाई लक्षित गरेर शान्ति सुरक्षाको अवस्था मजबुद, यातायात तथा दैनिक उपभोग्य वस्तुहरूको उपलब्धतामा सहज पहुँच गराउन ध्यान दिनुपर्नेमा ...

चाडबाडमा सार्वजनिक यातायात सहज बनाइने

बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
काठमाडौँ, १७ असोज : भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाले दसैँ, तिहार र छठ पर्वको समयमा बढी आवातजावत हुने भएकाले सो समयमा सार्वजनिक यातायातलाई सहज बनाइने बताउनुभएको छ । प्रतिनिधिसभा अन्तर्गतको यातायात पूर्वाधार विकास समितिको आजको बैठकमा मन्त्री ज्वालाले सीमित स्रोतका बाबजुद पनि चाडबाडमा सार्वजनिक यातायात यात्रुमैत्री बनाउन सरकारले विशेष ध्यान दिने बताउनुभयो । उहाँले भन्नुभयो, “बजेट कम भए पनि चाडबाडलाई लक्षित गरी राजमार्गको मर्मत तथा कच्ची सडक स्तरोन्नतिका लागि सम्बन्धित निकायबीच आवश्यक समन्वय र सहजीकरण गर्न सरकार प्रतिबद्ध छ ।” निरन्तरको वर्षाका कारण सडक मर्मत प्रभावित भइरहेको जनाउँदै मन्त्री ज्वालाले दसँैलगायतका पर्वमा यात्रा गर्नेका लागि अग्रिम टिकट बुकिङदेखि विनासास्ती गन्तव्य पुग्ने र फर्कनका लागि सहज बनाउनका लागि मन्त्रालयले काम गरिरहेको जानकारी दिनुभयो ...

अहिलेको व्यवस्थाको जग ‘जनयुद्ध’ नै हो : सञ्चारमन्त्री शर्मा

ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
काठमाडौँ, १७ असोज : सरकारले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको जग नै ‘जनयुद्ध’ भएको प्रष्ट पारेको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जनताको अपार समर्थनमा चलेको जनयुद्धका सम्बन्धमा हल्का टिप्पणी गर्न नहुने बताउनुभयो ।“आज हामी जुन व्यवस्थामा छौँ, त्यो व्यवस्थाको जग जनयुद्ध नै हो”, उहाँले भन्नुभयो, “यदि जनयुद्धको जगमा जनआन्दोलन सम्पन्न हुँदैनथ्यो भने हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा हुदैनथ्यौँ ।” प्रवक्ता शर्माले जनयुद्धका विषयमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले व्यक्त गरेका विचारसँग सरकारको सहमति नरहेको बताउनुभयो ।प्रतिनिधिसभाको मङ्गलबारको बैठकमा अध्यक्ष ओलीले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिइएको विषयलाई लिएर सरकारको आलोचना गर्नुभएको थियो ...

मेलम्चीभोटेचौर स्वास्थ्य केन्द्रमा प्रसूति सेवा

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नम्बर–१ स्थित शहरी स्वास्थ्य केन्द्र भोटेचौरमा प्रसूति सेवा सञ्चालनमा आएपछी स्थानीय हरुमा खुशी छाएको छ । मेलम्ची नगरपालिकाको हरेक गाँउमा स्वास्थ्य सेवा पुर्याउँने लक्ष्य अनुसार वडा नं १ को शहरी स्वास्थ्य केन्द्रमा बुधबारदेखि प्रसूति केन्द्र सञ्चालन गरिएकोवडा नम्बर १का वडा अध्यक्ष कृष्णमुरारी चौलागाईले बताउानु भयो । उँहाले स्थानीय महिलालाई वडास्तरमै सहजरुपमा प्रसूति सेवा दिने उद्देश्यसहित प्रसूति केन्द्र सञ्चालनमा ल्याइएको बताउनुभयो । उँहाका अनुसार सुत्केरी भएपछि आवश्यक जाँचको व्यवस्थासमेत गरिएको छ । प्रसूति केन्द्रबाट भोटेचौर १ र२ का महिला लाभान्वित हुनेछन्। प्रसूति सेवा सुरुभएसँगै अब अन्यत्र प्रसुती गराउँन एम्बुलेन्स तथा भाडाका सवारी सधन को व्यवस्था गरेर अन्यत्र जानुपर्ने बाध्यता हटेको छ ।...

मेलम्ची फट्टेको ह्युमपाइप बगाए पछी नागरिक समस्यामा

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक, जिल्लाको मेलम्ची नगरपालिकाको बाढीले बगाएको फट्टेको मोटरेबल पुल तीन वर्ष बित्दा पनि निर्माण हुन नसकेपछी नगरबासी लाइ समस्या परेको छ । प्रदेस र सघंले पुल बनाउँनका लागी वास्था नगरे पछी नगरपालिकाको आफ्नै श्रोत बाट पुल बनाउँने तैयारी गरिरहँदा नागरिकलाइ तत्कालका लागी अस्थाइ रुपमा आबत जावत गर्नका लागी मेलम्ची नगर पालिकाले ह्युम पाइप राखेर सवारी साधन आवत जावतको व्यवस्था गरेको थियो । त्यो पनी बगाए पछी त्यस क्षेत्रका मानीसहरुलाइ झन समस्यामा पारेको छ ।   नेपालीहरुको महान चाड दसै तिहार नजीकीदै गर्दा बिगत तिन दिन देखी परेको अबरिल बर्षाका कारण मेलम्चीलाइ थप पिडामा पारेको छ । पुलमा बाढीले क्षति पु¥याएपछि मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ सहीत स्थानीय जनप्रतिनिधिहरूले स्थलगत निरीक्षण गर्नु भएको थियो ।स्थलगत निरीक्षणपश्चात् नगरप्रमुख आइतमान तामाङले ‘तत्काल केही गर्न सक्ने अवस्था छैन‚ म...