जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले अबैध मदीरा नष्ट गरेको छ । चाडबाडको समय पारी बिभिन्न प्रकारका अबैध मदीराहरु लुकाइ छिपाइ ओसार पसार गरिरहेको अबस्थामा नियन्त्रणमा लिइ शुक्रबार नष्ट गरिएको प्रहरी नायब उपरिक्षक निरन्जन भट्टराइले जानकारी दिनु भयो । उँहाका अनुसार सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने , जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख बाल नरसिंह राणा सशस्त्र प्रहरी बल नेपाल नं. १६ हे.क्वा का प्रमुख, सहायक भन्सार प्रमुख भोटेकोशी गाउँ पालिकाका सहायक प्रशासकिय अधिकृत लगायतका स्थानिय बासिन्दाको रोहबरमा ईलाका प्रहरी कार्यालय कोदारी तथा अस्थायी प्रहरी पोष्ट तातोपानीले सवारी चेकजाँच तथा प्रहरी गस्ती गर्ने क्रममा विभिन्न मिति तथा समयमा नेपाल चिन सिमाना कोदारी नाका बाट लुकाइ छिपाइ ल्याएको अबैध मदिरा (मादक पदार्थ) ८५० पिस बोतल नष्ट गरिएको हो ।