जाजरकोट आसपासलाई केन्द्र बनाएर मध्यराती गएको ६.४ म्याग्निच्युडको भुकम्पमा परी हालसम्म करिब ३४ जनाभन्दा बढीको मृत्यु भएको छ ।
भुकम्पमा परी गम्भीर घाइतेलाई उपचारको लागि सुर्खेत पठाइएको र २१ जनाको जिल्ला अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार जाजरकोटको नलगाढ नगरपालिकाकी उपमेयर सरिता सिंहको पनि ज्यान गएको छ । भूकम्पबाट अरु क्षतिको बारेमा विवरण संकलन भइरहेको छ । जाजरकोटमा गएराति गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पबाट धेरै घर भत्किएको अनुमान छ । रातिको समय भएकाले यकिन विवरण संकलनमा कठिनाइ भएको जिल्ला प्रशासन कार्यालयले जाजरकोटले जनाएको छ ।
