नेपाल बार एशोसियसन सिन्धुपाल्चोक जिल्ला अदालत बार ईकाइको ३३औं बार्षिक साधरणसभा सम्पन्न सम्पन्न भएको छ । शुक्रबार बारको अध्यक्ष भुपेन्द्र बहादुर तामाङ थिङको अध्यक्षतामा भएको सभाको प्रमुख अतिथि जिल्ला न्यायधिस विदुर कोईराला, अतिथि श्रेस्तेदार शारदादेवी पौडेल, जिल्ला न्यायवक्ता विमला रेग्मी, चौतारा साँगाचोकगढी नगरपालिका कार्यभार वडाध्यक्ष राम बहादुर घले, बारका पूर्व अध्यक्षहरु, न्यायधिस, पत्रकारलगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा बारका कोषाध्यक्ष सुनिता तामाङले आर्थिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन बारका सचिव शसीनाथ आचार्यले गर्नुभएको थियो ।
