जाजरकोट नलगाड नगरपालिकाकी उप प्रमुख सरिता सिंह सहित जाजरकोट र रुकुम पश्चिममा ६.४ म्यागनिचुट को भुकम्पमा परी सयौको सख्यामा ज्यान गुमाएको समाचार प्राप्त भएको छ । घटनास्थलबाट उद्धार गरी उपचार गर्न जिल्ला अस्पताल लैजाँदै गर्दा सिंहको बाटोमै निधन भएको समाचार प्राप्त भएको छ ।सिंह नलगाड नगरपालिका–८ मैदेकी सिंह स्थानीय तह २०७९ को निर्वाचनमा नेपाली कांग्रेसबाट उप प्रमुखमा निर्वाचित हुनु भएको थियो । पश्चिम नेपालमा शुक्रबार राति आएको ६.४ म्याग्निच्युडको भुइँचालोले जिल्ला प्रशासन कार्यलय जाजरकोटका सुचना अधीकारी हरिश्चन्द्र शर्माका अनुसार अहिलेसम्म ९२जनाले ज्यान गुमाएको समाचार प्राप्त भएको छ ।



जाजरकोटमा गएराति गएको शक्तिशाली भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहको निधन भएको हो ।सदरमुकाम खलंगामास्थित घरमा सुतिरहेको अवस्थामा घर भत्किँदा उँहा लगाएतको निधन भएको हो । जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पका कारण ठाउँठाउँमा सडक अवरुद्ध हुँदा जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावितको उद्धारमा कठिनाइ भएको जनाइएको छ ।जाजरकोट–डोल्पा सडकअन्तर्गत रिम्नाको पुल भासिएर सडक अवरुद्ध भएपछि घाइतेलाई अस्पताल पुर्याउन कठिनाइ भएको छ ।उक्त स्थानमा यो समाचार तैयार पार्दा सम्म सडक सञ्चालन गर्न सकीएको छैन । जाजरकोटका सुचना अधीकारी शर्माका अनुसार राती नै डोजर द्धारा सडक खुलाउँने प्रयास भइरहेको भएता पनी अहीले सम्म सडक सुचारु ह्ुन सकेको छैन । उक्त सडसुचारु गर्न सबै लागी परिरहेको बताउँनु भयो । जाजरकोटको रामीडाँडा आसपास केन्द्रबिन्दु भएर गएको भूकम्पपछि निरन्तर साना र ठूला परकम्प गइरहेको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति ११ बजेर ४७ मिनेटमा ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको थियो ।केन्द्रका अनुसार जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछि चार घण्टाको अवधिमा ४ रेक्टरस्केलभन्दा माथिका तीनवटा परकम्प गएका छन् । भूकम्प लगत्तै १२ बजेर ८ मिनेट जाँदा ४ दशमलव ५ रेक्टरस्केलको परकम्प गएको थियो । त्यसपछि १२ बजेर २९ मिनेटमा ४ दशमलव २ रेक्टरस्केलको अर्को परकम्प गएको थियो ।त्यस्तै, १२ बजेर ३५ मिनेट जाँदा ४ दशमलव ३ रेक्टरस्केलको परकम्प गएको थियो । अरु साना परकम्पहरु निरन्तर गइरहेका छन् । परकम्पबाट थप क्षति हुने जोखिम कायमै रहेकाले सचेत रहन र चर्केका घर तथा संरचनामा नबस्न राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् डा. मुकुन्द भट्टराईले अनुरोध गर्नु भएको छ ।(फोटो बिभीन्न सञ्चारमाध्यम तथा सामाजीक सञ्जालबाट लिइएको हो )
