सम्पर्क

जाजरकोटभुकम्प मन्त्री बस्नेतद्धारा, उपचारमा जुट्न आग्रह

जाजर कोट भुकम्प घटना प्रती दुख ब्यक्त गर्दै स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले घाईतेहरुको उपचारमा हामी स्वास्थ्य मन्त्रालयको सिङ्गो टिम सक्रिय रहने प्रतिबद्धताका साथ त्यस भेगका स्वास्थ्यकर्मी हरुलाई सुरक्षित तबरले घाईतेहरुको उपचारमा जुट्न निर्देशन गर्नु भएको छ । उँहाले गएराती ११ः४७ बजे जाजरकोट केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्नीच्युडको भुकम्पले जाजरकोट र रुकुमका विभिन्न ठाउँहरुमा धेरै ठूलो जनधनको क्षति भएको खबरले अत्यन्तै मर्माहत भएको छु । उक्त घटनाका मृतकहरुप्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन र आफन्तजनहरुमा गहिरो समवेदना व्यक्त गर्दछु । घाईतेहरुको उपचारमा हामी स्वास्थ्य मन्त्रालयको सिङ्गो टिम सक्रिय रहनेछौं र त्यस भेगका स्वास्थ्यकर्मी हरुलाई सुरक्षित तबरले घाईतेहरुको उपचारमा जुट्न आह्वान गर्दछु । साथै, जाजरकोट, रुकुम लगायत आसपासका ठाउँहरुका पीडित पक्षहरुलाई उच्च सतर्कताका साथ सुरक्षित ठाउँमा बस्न अनुरोध गर्दै सम्बन्धित सम्पुर्ण निकाय र आसपासका साथीहरुलाई यथाशीघ्र उद्दार र राहत प्रक्रियामा जुट्न हार्दिक अपिल गर्दछु भन्नु भएको छ ।