सिन्धुपाल्चोक, १८ कात्तिक ः सिन्धुपाल्चोकका ३ वटा स्थानिय तहले भूकम्प पिडितलाई ३५ लाख रुपैया सहयोग गर्ने निर्णय गरेका छन ।
स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतको निर्देशनमा सिन्धुपाल्चोकजिल्लाको बाह्रबिसे नगरपालिकाले १५ लाख रुपैया , भोटेकोशी गाउँपालिकाले १० लाख रुपैया र त्रिपुरासुन्दरी गाउँपालिकाले १० लाख रुपैया गरि जम्मा ३५ लाख रुपैया सहयोग गर्ने निर्णय गरेको बाह्र्बिसे नगर पालिकाका नगर प्रमुख बालकृष्ण बस्नेतले जानकारी दिनु भयो ।
शुक्रबार राती ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको थियो । भूकम्पमा परि अहिलेसम्म १४३ जनाको मृत्यु भइसकेको छ भने १६० भन्दा बढी घाइते भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले भुकम्प पिडीतलाइ तत्काल राहत दिन र घाइतेलाए निशुल्क उपचार गर्न निर्देशन दिदै पिडीत क्षेत्रमा जानका लागी निशुल्क बस सेवाको समेत ब्यस्थिा गरिदिनु भएको उँहाका प्रेस सल्लाहकार रामचन्द्र दुलालले जानकारी दिनु भयो । 
सङ्कट पर्दा पहीलो काम भनेकै हर प्रकारबाट सहयोग जर्नु हो भन्दै नगर प्रमुख बस्नेतले स्वास्थ्य मन्त्री मोहन बस्नेतको सल्लाह र मानविय भावानाले सिन्धुपाल्चोकका ३ वटा पालिकाले ३५ लाख रुपैया सहयोग गर्ने निर्णय गरेको बताउँनु भयो । उँहाले प्राकृतिक विपत्तिको बेला एक नेपालीले अर्को नेपालीको घाउमा मलम लगाउनु पर्छ भन्ने भावले सहयोग गर्ने निर्णय गरेकोे बताउँनु भयो । पिडाको अवस्थामा भूकम्प पिडितहरुलाई हामी सबै तपाईको साथमा छौ भन्ने महसुस गराउन सिन्धुपाल्चोकका ३ वटा स्थानिय तहले भूकम्प पिडितलाई सहयोग गर्ने निर्णय गरेको त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भक्तध्जज बोहोराले बताउँनु भयाने ।
यसै गरी भोटे कोशी गाँउपालिकाका अध्यक्ष नुर्पु शेर्पााले स्वास्थ्य मन्त्री मोहन बस्नेतको सल्लाह र मानविय भावानाले सिन्धुपाल्चोकका भोटेकोशी गाँउपालिकाको १०लाख सहीत बाह्रबिसेनगरपालिकाले १५३ वटा पालिकाले ३५ लाख रुपैया सहयोग गर्ने निर्णय गरेको बताउँनु भयो सहयोग गर्ने यी तिनवटै स्थानिय निकायमा नेपाली काग्रेंसले बिजय हासिल गरेको पालिका हो । बाह्र्बिसे नगरपालिकाका नगर प्रमुख १नं क्षेत्रका क्षेत्रीय सभापती हुनुहुन्छ भने त्रिपुरा सुन्दरी गाँउपालिकाका अध्यक्ष भक्तध्वज बोहोरा जिल्ला पाटी सचिब हुनहुन्छ ।
यसै गरी जुगल गाँउपालिकाका अध्यक्ष रेशम स्यांङवोले एक महीनाको पारिश्रमिक र उँहाको छोरी कुसुम स्यांङवोले ५०हजार ब्यक्तीगत सहयोग गर्ने निर्णय गर्नु भएको गाँयपालिकाका अध्यक्ष रेशम स्याङवोले जानकारी दिनु भयो ।
