स्थानीय नागरिकले स्थानीय स्तरमा नै सेवा सुबीधा पाए भने मात्र स्थानीय सरकार भएको अनुभुती हुने भएकाले यस प्रती सबैको चासो रहन पर्ने मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले बताउँनु भएको छ ।
तामाङले उक्त कुरा नगरपालिकाको वडा नं. ७ र ८ को मेलम्ची दुवाचौर बाँसखर्क सडक खण्डको ग्रावेल, वडा नं. ७ को प्रशासनिक भवन र वडा नं. ११ खानीगाउँको सिंढी लगायत निर्माण कार्य सम्पन्न भएको र सञ्चालनमा रहेका योजनाहरुको अनुगमनका क्रममा स्थानीय नागरिकहरु सँग कुरा गर्दै यस्तो बताउँनु भएको हो । गुणस्तरहिन स्थानीय बिकासका बारेमा कुनै पनी हालतमा सहमती र सम्झौता नहुने बताउँदै गुणस्तरहिन काम गर्ने उपभोक्ता समिती तथा ठेकदारहरु जो भए पनी कार्बाही गर्नै बताउँदै हरेक कामहरु पारदर्सी र गुणस्तरिय हुन पर्ने बताउँनु भयो । मेलम्ची नगरपालिकामा चालू आर्थिक वर्ष ०८०÷०८१ को बजेटबाट निर्माणाधीन प्रशासनिक भवन, सडक र सिंढीको बुधबार नगरप्रमुख आइतमान तामाङको नेतृत्वमा उपप्रमुख उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, वडाध्यक्ष पासाङ दोङ तामाङ, इन्जीनियर जित बहादुर कार्की, शंकर गिरी लगायतले विभिन्न योजनाको निरिक्षण तथा अनुगमन गर्नु भएको हो ।
अनुगमनका क्रममा उप प्रमुख उमा प्रधानले नगर प्रमुखले भने जस्तै गुणस्तरीय काम गरेर नगरबासीको सुबिधामा ध्यान दिन पर्ने बताउँनु भयो ।
यसै गरी स्थानीय नागरिकका सुबिधाका लागी नगरपालिकाबाट हुने र गर्न सकिने काममा कुनै पनी कञ्जुस्याइ नगरी योजना दिएको र राम्रा काम गर्नेलाइ प्रोत्साहन र नराम्रा काम गर्नेलाई कार्बाही गरिने प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रले बताउँनु भयो । यसरी नगरपालिकाका जिम्मेवार प्रमुखहरुले पारदर्शी रुपमा गुण स्तरीय कार्य गरे÷नगरेको बारे स्थलगत अनुगमन गर्नु भएको हो। साथै अनुगमनको क्रममा प्रमुख तामाङले स्थानीय नागरिकको समस्या र गुनासो बारे स्थानीयहरु सँँग प्रत्यक्ष कुराकानी समेत गर्नु भएको थियो।
