सम्पर्क

प्रहरीद्धारा ठुलो परिणाममा गाँजा फडाँनी

बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले ठुलो परीणाममागाँजा फडाँनी गरी नष्ट गरेको छ । ,जिल्ला प्रहरी कार्यालय मकवानपुर, बागमती प्रदेश प्रहरी गण हेटौडा र नेपाल प्रहरी विशेष सुरक्षा गण रातोमाटेबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले लागु औषध गाँजा खेती फडाँनी गर्न ड्रोन क्यामेरा सहित १ सय ३७ जना प्रहरी परिचालन गरेको छ । 
“लागू औषध नियन्त्रण कार्य योजना २०८०” अनुसार मिति २०८० कात्तिक महिना१२ गते देखि १५ गते सम्म मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिकाको विभिन्न वडा एरियामा अवैध रुपमा लगाईएको लागू औषध गाँजा खेति फडाँनी गरी नष्ट गरीएको छ । १२ गते मकवानपुरको राक्सिराङ गाउँपालिका ३ सरिखेत र कैलाश गाउँपालिका ९ नामटार स्थिमा अन्दाजी ३ बिगाहा ८ कठ्ठा गाँजा फडाँनी गरिएको थियो ।
यसै गरी १३ गते राक्सिराङ गाउँपालिका ९ र ४ स्थित सोराङ,रुन्चेवाङ, डनटार, झरना साईड, जयसिङताल र यतीखोलार कैलाश गाउँपालिका ९ र १० गैरीखेत,साखिनी, बाजोखेतमा अन्दाजी ६१ बिगाहा ३ कठ्ठा गाजाँ फडानी गरिएको हो ।
१४ गते मंगलबार राक्सिराङगाँउपालिका १,२, ७, ८ र९ स्थित गोठारी,थुम्कीडाडा,भाती, कुडुले,वाक्सिराङ,सतपुर,पाख्रे,बिलाउने,देरवारी,रिचोपुङ, सिमलटार लोजा,वाङराङ,खोल्सी,रुन्चेदाङ,चेउराङ स्थितमा अन्दाजी ५७ बिगाहा १५ कठ्ठा गाँजा खेति फडानी गरी नष्ट गरिएको छ ।
१५ गते बुधबार राक्शिराङ गाउँपालिका ३,४ र ९ स्थित सरी खेत, फलासे, मादल सेन, रतुवा, कोल्टे, धुरकोट, कात्तिके, अठारेको र कैलाश गाउँपालिका ३ र ४ स्थित कालिका टार, आप चौर, भोगटार, तोकुवा,धुस्राङ्,देउतिसमा अन्दाजी ३७ बिगाहा १५ कठ्ठा गाँजा खेति फडानी गरी नष्ट गरिएको छ ।
३ दिनको अवधीमा प्रहरीले अन्दाजी १ सय ६० बिगाह १ कठ्ठा लागु औषध गाँजा खेति फडाँनी गरी नष्ट गरी सकेको छ । अवैधरुपमा खेती गरीएका लागू औषध फडाँनी अभियानलाई निरन्तरता दिने बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । उक्त गाँजा फडानी कार्यमा मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेडाई, बागमती प्रदेश प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मी, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजाल समेतको प्रत्यक्ष निगरानी रहेको थियो ।