सम्पर्क

बाँसखर्कमा एक पुरुषको शव फेला

जुगल गाउँपालिका –१ बाँसखर्कमा मंगलबार एक पुरुषको शव फेला परेको छ । जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँपालिका– ३, भोताङ स्थायी ठेगाना भएका वर्ष ८६ का हिरालाल लामा मृत फेला परेका हुन् ।
उनी काठमाडौं महानगरपालिका –६ सरस्वतीनगर बस्दैआएका थिए । हिरालाल गत असोज १९ गते सरस्वतीनगरबाट हराएका थिए । उनको परिवार तथा आफन्त र प्रहरीले खोजी कार्यगरे पनि भेटिएको थिएन । हिरालाल २६ दिनपछि मृत अवस्थामा भेटिएका हुन । घटनाकोकारण भने खुल्न सकेको छैन । घटनाबारे अनुसन्धान जारी रहेको तथा शव परिवारलाईबुझाइने प्रहरीले जनाएको छ ।