२०७२ को बिनाशकारी भुकम्पपछी एकाएक चर्चामा आएको सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका –१४ मा रहेको एकीकृत झ्याँडी नमुना बस्ती अहिले उच्च अदालतमा समेत पुगेको छ ।
भुकम्पपछी श्वेताको फाउण्डेसनले नमुना बस्ती निर्माण गर्नका लागी भुकम्पका कारण क्षेती भएका घरहरुको अनुदान भन्दा बढी रकम लाग्ने भएपछी बढी रकम लक्ष्मी बैकंबाट ऋण लिएर नमुना बस्ती बिकास गर्न लागिएको थियो । नमुना बस्तीको निर्माणका लागी प्रतीघर रु. ७ लाख लगानी हुने भएपछी नपुग रकम बैकंबाट कर्जालिने सहमतीका साथ बस्ती निर्माण सुरु गरिएको थियो ।
यो निर्माणको क्रममा ५३ घर माझीहरुले सरकारबाट प्राप्त तिन लाखले नपुग भएको चार लाख बैंकबाट लिएको ऋण आफूले व्यहोर्ने प्रतिबद्धता जनाएका थिए । ५३ घर मध्ये बैकले ३४ घरलाई मात्र कर्जा दियो बाँकी १८ घरलाई दिएन तर बस्ती निर्माण भयो ।
निर्माण गर्ने क्रममा बैकले कर्जा दिने भएपछी ५३ वटा घर निर्माण गर्न लागेको खर्च मध्ये चौतारा थापा हार्डवयर पसलमा १५ लाख ट्रस निर्माण गरेको १४ लाख र काम गर्ने ज्यामीको करिब २० लाख रुपैया तर्न बाँकी रहेको र जमानी कर्ताहरलाई समेत समस्यामा पारेको र बैकंले कर्जा नदीएपछी १८ घरको ६२ लाख रुपैयाँ बराबर बजारमा तिर्न छ भने कर्जा पाएका ३४ घरमध्ये २ घरले ब्याज बिस्ता तिरेकमा र बाँकीले श्वेता फाउण्डेशनले तिर्ने भएपछी नतिरेका कारण लिलामी प्रकृयामा गएपछी उच्च अदालतमा यसले प्रबेश पाएको हो ।
त्यती बेलादेखी अहिलेसम्म पनि ऋण भुक्तानी नभएपछि घरजग्गा लिलामीमा जाने भएपछि माझीहरुले अदालत गुहारेका हुन् । यस सम्बन्धमा उच्च अदालत पाटनले सिन्धुपाल्चोकको माझी बस्तीको जग्गा लिलामी प्रक्रिया रोक्न अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश रमेशराज पोखरेलको एकल इजलासले मंगलबार लक्ष्मी सनराइज बैंक र रञ्जना खड्का अर्थात् अभिनेत्री श्वेता खड्काको कम्पनी श्वेताश्री फाउण्डेसनलाई १५ दिनभित्र अदालतमा उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेशसमेत दिएको छ ।
उत्प्रेषणको आदेश जारी गरिपाऊँ भन्दै हेलबहादुर माझीसमेतले अदालतमा रिट दायर गरेका थिए । वरिष्ठ अधिवक्ता सुनिल पोखरेलका अनुसार अदालतको आदेशअनुसार श्वेताश्री फाउण्डेसन र सञ्चालक श्वेता खड्का पनि १५ दिनभित्र अदालतमा उपस्थित हुनुपर्ने भएको छ । उक्त बस्तीलाई बिभिन्न ब्यक्ती तथा संस्थाहरुबाट सहयोग जुटाइएको थियो भने उक्त बस्ती निर्माणका लागी छानो छाउँन ५३ वटा घरलाई जस्ता बुढानिलकण्ठ निबासी लक्ष्मी तामाङले उपलब्ध गराउँनु भएको थियो ।
