सम्पर्क

ब्रेकिङ न्युज १

बाह्रबिसेमा बोलेरो दुर्घटना हुँदा दुई महिलाको मृत्यु

ब्रेकिङ न्युज १, समाचार
जिल्लाको बाह्रबिसेमा बोलेरो दुर्घटना हुँदा दुई जना महिलाको घटनास्थलमा नै मृत्यु भएको छ ।   बाह्रविसे नगरपालिका–७ नागपुजेबाट बाह्रविसे बजार आउँदै गरेका बा १२ च ४९९१ नम्बरको बोलेर नागपुजे नजिकैबाट ७० मिटर तल अँधेरी खोलामा खस्दा दुई जना महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले जानकारी दिएको छ । प्रहरीका अनुसार स्थानीय दिलकुमारी प्रधान र लालकुमारी प्रधानको मृत्यु भएको छ । दुर्घटनामा घाइते चालक विक्रम थापासहित यात्रुहरु पुस्कर थापा, गोपाल थापा र खडगकुमारी श्रेष्ठको बाह्रविसे प्राथमिक स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  ...

रासायनिक मल १० महिनादेखि भन्सारकै गोदाममा

ब्रेकिङ न्युज १, समाचार
चीनबाट ल्याइएको रासायनिक मल दश महिनादेखि तातोपानी भन्सारको गोदाममा थन्किएको छ । एक सय ११ कन्टेनरले वैशाख महिनाभर ल्याएको सात लाख ३५ हजार बोरा रासायनिक मल लार्चा सुक्खा बन्दरगाह यार्डभित्र गोदाममा थन्किएको हो । कृषि सामग्री कम्पनी र आयातकर्ताबीच सहमति भए पनि मल गोदामबाट उठ्न नसक्दा अरू सामान लोड–अनलोड गर्न कठिनाइ परेको तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसी बताउनुहुन्छ ।  खासा भएर तातोपानी सुक्खा बन्दरगाह आएका अन्य सामग्री भन्सार कार्यालयभित्र राखेर चेकजाँच गर्नुपर्ने अवस्था छ । रासायनिक मलको राजस्व असुल नहुने भएकाले कृषि सामग्री कम्पनी लिमिटेडले चिनियाँ सहरबाट झिकाएर सिधै राजधानी लाने गरेको उहाँले जानकारी दिनुभयो । भूकम्प र कोरोनापछि खुलेको तातोपानी नाकामा पाँच वर्षदेखि एकछत्र काम गर्दै आएको सिल्क कम्पनी अन्तर्गत रहेको सिल्क मार्केट प्रालिले चीनबाट मल आयात गरेको हो । सिल्क मार्...

मन्त्री बहादुरसिंह द्धारागौतम बुद्ध म्युजिक अवार्ड वितरण

खेलकुद, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार, साहित्य
  बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले पहिलो संस्करणको गौतम बुद्ध म्युजिक एण्ड फिल्म्स अवार्ड–२०८० को टप–५ नोमिनेशन प्रमाणपत्र वितरण गर्नु भएको छ । अवार्डका उत्कृष्ट पाँचमा परेकाहरुलाई बुधबार काठमाडौँको राष्ट्रिय नाचघर,जमलमा एक कार्यक्रम गरी कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले प्रमाणपत्र प्रदान गर्नु भएको लक्ष्मण तामाङले जानकारी दिनु भयो ।    उँहाका अनुसार “अग्रजलाई सम्मान,नयाँलाई प्रोत्साहन,मौलिक गीत संगीत,कला संरक्षण हाम्रो अभियान” भन्ने मूल नाराका साथ बि.एस.के. एक्टिभ नेपाल प्रोडक्सनले आयोजना गरेको गौतम बुद्ध म्युजिक एन्ड फिल्म अवार्डमा बिभिन्न ब्यक्तीहरुलाइ प्रमाण पत्र प्रदान गरिएको हो । चलचित्र, लोकदोहोरी, आधुनिक, राष्ट्रिय गित पप, गित म्हेन्दोमाया,गित तामाङ सेलो,देउडा लगायत विभिन्न विधाका गायक...

महासंघ द्धारा गैरे सम्मानीत

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
सम्बाद क्लब काठमाण्डौका अध्यक्ष रामप्रसाद गैरे बिशेष समारोहका बिच सम्मानित हुनु भएको छ । विश्व उपभोक्ता महासंघ नेपालद्वारा अध्यक्ष गैरेलाइ सम्मान गरिएको हो । गैरेले उपभोक्ता हितका लागी बिभिन्न कार्यक्रमहरु गर्दै आउँनु भएको छ । अध्यक्ष गैरेलाई दुई दशकदेखि अत्यन्त निष्ठा र समर्पणका साथ संचार एवं समाजसेवाको क्षेत्रमा क्रियाशिल भएर आर्थिक र सामाजिक रुपान्तरणको लागि गरेका योगदानको कदरस्वरुप संस्थाको आठौं वार्षिकोत्सबको अवसरमा “राष्ट्रिय सेवा सम्मान २०८०” द्वारा सम्मानित गरिएको हो ।पुर्ब प्रधानन्यायधिस, पुर्ब मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले एक समारोहका बिच सम्मान पत्र प्रदान गर्नु भएको हो ।  ...

बच्चा जन्मेको ३५ दिनभित्रै जन्मदर्ता गरे पाँच हजार पाउँने

ब्रेकिङ न्युज १, समाचार
त्रिशूली  नुवाकोटको विदुर नगरपालिका–५ ले बच्चा जन्मिएको ३५ दिनभित्र जन्मदर्ता गर्नेलाई रु पाँच हजार उपलब्ध गराउने भएको छ । बच्चा जन्मेपछि ३५ दिनभित्र जन्मदर्ता गराउनेलाई प्रोत्साहन गर्न र वयस्क हुने समयमा बैंक खातामा केही रकम सुनिश्चत होस् भन्ने उद्देश्यले बच्चाको जन्मदर्तासँगै रु पाँच हजार बैंक दाखिला गराउन थालिएको हो । वडा कार्यसमितिको बैठकको निर्णयअनुसार बच्चाको जन्मदर्ता गराएसँगै उक्त बच्चाका नाममा बैंकमा खाता खोल्न लगाई सम्बन्धित अभिभावकलाई रु पाँच हजार जम्मा गर्न लगाएर वडा कार्यालयले थप रु पाँच हजार जम्मा गरिदिने वडाध्यक्ष लीलानाथ न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षबाट कार्यान्वयनमा ल्याइएको उक्त कार्यक्रमबाट हालसम्म २६ बच्चाको खातामा रकम दाखिला भइसकेको छ । “बच्चाको जन्मदर्ता गराउन र जन्मेलगत्तै बैंक खाता सुनिश्चित बनाउन नगद जम्मा गर्ने व्यवस्था मिलाउन सुर...

स्वास्थ्यमन्त्रीको ठाडो निर्देशनमा बिरअस्पतालको औषधी पसल बन्द

ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
देसको राजधानी सबैको मुटुमा रहेको स्तरिय स्वास्थ्य सेवा प्रदान गरिरहेको बिर अस्पताललाइ बदनाम गराउँन बिर अस्पताल अगाडी सञ्चालनमा रहेको औषधी पसलहरु लागी परेको तथ्य फेला परेको छ । बिहीबार स्वास्थ्य मन्त्रीको नेतृत्वमा र औषधि व्यवस्था विभागका महानिर्देशक सहीतको समुहले अनुगमन गर्दा उपकार फर्मा र सत्यम फर्माले दर्ता नभएका, म्याद गुज्रिएका र मूल्य नै नतोकिएका औषधि महंगोमा विरामीलाई बिक्रि वितरण गरिरहेको फेला परेपछि दुई वटै फार्मेसी बन्द गरिएको छ । स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा. विकाश देवकोटा, डा. दीपेन्द्ररमण सिंह र निति तथा योजना डा.कृष्ण पौडेल र औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालको नेतृत्वमा सिनियर फर्मासिस्टहरु, मन्त्रालयका अधिकारी र सञ्चारकर्मीसहितको विज्ञ समुहको निरीक्षण पछि कानून विपरित वीर अस्पतालको नयाँ भवन (सर्जिकल) को छेउमै गुठीको जग्गामा निजीस्तरमा सञ्चालन गरिएका महं...

चौतारा क्याम्पसको प्रमाणपत्रलेअन्तराष्ट्रिय मान्यता पाउँने

जिबनशैली, बिदेश, ब्रेकिङ न्युज १, विचार, समाचार
  नेत्रबहादुर बस्नेत, सिन्धुपाल्चोकजिल्लाको सदरमुकाममा रहेको चौतारा बहुमुखी क्याम्पस बाट प्रदान गरिने शैक्षिक प्रमाण पत्रले अब अन्तराष्ट्रिय मान्यता प्राप्त गर्ने भएको छ । यस क्याम्पसमा स्नातक तहका विद्यार्थी उत्र्तिण भएसंगै प्रतिव्यक्ति बार्षिक ३५ हजारको दरले अनुदान समेत आउने भएको क्याम्पस लृखा प्रमुख कृष्ण गोपालले जानकारी दिनु भयो ।सामुदायिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्रमाणीकरण प्रमाणपत्र पाए सँगै यो सुबिधा पाउँने भएको हो । विश्वविद्यालय अनुदान आयोगले सानोठिमी भक्तपुरमा एक कार्यक्रमको आयोजना गरी चौतारा बहुमुखी क्याम्पस सिन्धुपाल्चोक, अछाम बहुमुुखि क्याम्पस मंगलसेन, कोईष्ट ईन्टरनेशनल कलेज ललितपुरलाइ संयुक्त रुपमा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राध्यपक डा. देवराज अधिकारीले (क्यूएए) प्रमाणीकरण प्रमाण प्रदान गर्नु भएको हो । प्रमाणपत्र ग्रहण गर्दै क्याम्पसका प्...

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

ब्रेकिङ न्युज १, समाचार
अरनिको राजमार्गको ५० किलोमा सवारी साधन एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार एक जनाको ज्यान गएको छ । दुर्घटनामा मोटरसाइकल चालक सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका–७ का अन्दाजी २८ वर्षीय मुरारी कार्कीको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका कार्कीको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकलको पछाडि सवारी सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–७ का अन्दाजी २८ वर्षीय राजन दङ्गाल घाइते भएको प्रहरीले जनाएको छ ।...

हेलम्बुमा २ दिने स्वास्थ्य शिविर सम्पन्न

ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
हेलम्बु सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका –४ स्थित आधारभुत स्वास्थ्य केन्द्रमा दुई दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । हेलम्बु गाउँपालिकाको आयोजना तथा कोरिया नेपाल मैत्री अस्पतालका डाक्टरहरुको प्राबिधिक सहयोग तथा डुनामिस चर्च हेलम्बुको समन्वयमा आइतबार र सोमबार भएको स्वास्थ्य शिविबाट ६ सय ४ जनाले सेवा लिएका छन् । उक्त शिवीरमा साधारण चेक जाँच, भिडियो एक्सरे सेवा, अक्कुपन्चर सेवा, दाँत निकाल्ने सफा गर्ने, सामान्य शल्यक्रिया, हर्निया हाइड्रोशिलको पहिचान र शल्यक्रियाको लागि नि शुल्क विमा र नि शुल्क औषधि वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख बिदुर जोतिले जानकारी दिनुभयो । हर्निया, हाइड्रोसिल लगायत शल्यक्रिया गर्नु पर्ने १८ जनालाई बिमा बापतको प्रती ब्यक्ती रु ३५०० प्रदान गरिने जोतिले बताउनुभयो । हेलम्बुका ८ र मेलम्चीका १० जनालाई बिमा गरे पश्चात् उक्त रकम दिइने उहाँको भनाइ छ ।...

चौतारामा तिन दिने माटो परिक्षण शिविर सम्पन्न

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोकगढी नगरपालिका मा तिन दिने माटो परिक्षण शिविर आइतबार सम्पन्न भएको छ । शिविरमा नगर भित्रका प्राय जग्गाहरु अम्लीएका पाइएको छ । मेलम्ची नगरपालिकाको प्रबिधीक सहयोगमा नगरपालिकाको १४वटै वडाको माटो परिक्षण गर्दा अत्याधिक रुपमा अम्ल्ीयको पाइएको हो । मेलम्ची नगरपालिकाका कृषी प्राबीधिक अम्बर नाथ आचार्य, हरीगोपाल श्रेष्ठ र चौतारासाँगाचोकगढी नगरपालिकाका कृषी प्राबिधीक रामहरी दहालको समुहले गरेको माटो परिक्षणमा यस्तो देखीएको हो । चौतारासाँगाचोकगढी नगरपालिकाको १४वटै वडाको ३३४ स्थानको माटो नमुना परिक्षणको लागी ल्याइएको प्रबीधिक रामहरी दाहालले जानकारी दिनु भयो । खाश गरी रासायनिक मलको प्रयोगमा ध्यान नदीदा बढी रासायनिक मल प्रयोग गर्दा यसरी माटो अम्लीने गरेको प्राबिधीक दाहालले जानकारी दिनु भयो । माटोमा भएका क्याल्सीयम, म्याग्नेसीयम,पोटासियम,सोडीयम,का कारण हाइड्रोजन बढेर माटो...