सम्पर्क

मन्त्री बहादुरसिंह द्धारागौतम बुद्ध म्युजिक अवार्ड वितरण

 

बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले पहिलो संस्करणको गौतम बुद्ध म्युजिक एण्ड फिल्म्स अवार्ड–२०८० को टप–५ नोमिनेशन प्रमाणपत्र वितरण गर्नु भएको छ । अवार्डका उत्कृष्ट पाँचमा परेकाहरुलाई बुधबार काठमाडौँको राष्ट्रिय नाचघर,जमलमा एक कार्यक्रम गरी कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले प्रमाणपत्र प्रदान गर्नु भएको लक्ष्मण तामाङले जानकारी दिनु भयो ।    उँहाका अनुसार “अग्रजलाई सम्मान,नयाँलाई प्रोत्साहन,मौलिक गीत संगीत,कला संरक्षण हाम्रो अभियान” भन्ने मूल नाराका साथ बि.एस.के. एक्टिभ नेपाल प्रोडक्सनले आयोजना गरेको गौतम बुद्ध म्युजिक एन्ड फिल्म अवार्डमा बिभिन्न ब्यक्तीहरुलाइ प्रमाण पत्र प्रदान गरिएको हो । चलचित्र, लोकदोहोरी, आधुनिक, राष्ट्रिय गित पप, गित म्हेन्दोमाया,गित तामाङ सेलो,देउडा लगायत विभिन्न विधाका गायक,गायिका,शब्द रचनाकार,संगीतकार,म्युजिक भिडियो निर्देशक, फिल्म निर्देशक मोडल,नायक,नायिका गरी ३८ विधाका सम्पूर्ण प्रतिस्पर्धी कलाकारहरुलाई प्रमाणपत्र वितरण गरिएको हो। सम्पूर्ण प्रतिस्पर्धी कलाकारहरुलाई निर्णायक मण्डलका सदस्यहरूले मूल्यांकन गरेर सर्वोत्कृष्ट ५ छानेका हुन्। निर्णायक मण्डलको प्रमुख भूमिका डिका गुरुङले निर्वाह गर्नु भएको थियो भने राजु खड्का,जि पुन,दिपक लामा,रोशन फ्युबा लामा,रेशम विश्वकर्मा,निमा पाख्रीन तामाङ रहनु भएको थियो।कार्यक्रममा विशिष्ट अतिथिका रुपमा तारकेश्वर गाउँ पालिका वडा नं १ का अध्यक्ष चक्र बहादुर तामाङ,विशेष अतिथिहरुमा, तरुण दल तारकेश्वरका अध्यक्ष बुद्धि तामाङ,शुशिल वाइबा, पुर्खा जित राई तामाङ चल चित्रसंघका उपाध्यक्ष बिनयक तामाङ उपस्थित रहनु भएको थियो। त्यस्तै मिस तामाङ– २०२३ याङ्गी पसङ वाइबा,चलचित्र निर्माता आदर्श पौडेल, मिशेष गुरुङ २०२२ निलम गुरुङलाई कार्यक्रममा सम्मान गरिएको थियो। यसरी प्रमाण पत्र पाउँनेहरुमा सर्वोत्कृष्ट राष्ट्रिय गीत गायिका महिला मा गीता पाण्डे – राष्ट्रिय एकता, सर्वोत्कृष्ट चलचित्र निर्देशकमा राज किङ वाइबा – प्रङ्ना, भुवन स्याङ्बो–ङ्हो, सर्वोत्कृष्ट चलचित्र अभिनेतामा,सिङ्गा बि तामाङ – टु,सोनम तामाङ – टु, रितुराज पाख्रिन – काक्रे, खगेन्द्र श्रेष्ठ – बालापन, त्यसै गरी सर्वोत्कृष्ट चलचित्र अभिनेत्रीमा युजिला मोक्तान – टु,सुनिता लुङ्वा – काक्रे, शान्त लामा – हिमालकी रानीरहनु भएको छ । यसै गरी एकल नामिंनेसनमाभरत कुमार मल्ल – सर्वोत्कृष्ट चलचित्र – टुहुरा, खगेन्द्र कुमार थिङ – सर्वोत्कृष्ट कलाकार – जारी, रमेश स्याङ्तान – सर्वोत्कृष्ट सह अभिनेता – ग्याल्बो राजा, संगिता तितुङ – नयाँ सर्वोत्कृष्ट अभिनेत्री – ग्याल्बो राजा, बाबु तामाङ – फाइट निर्देशक – अल्लारे जोबन, रेशम कुमार. श्याउली तामाङ – सर्वोत्कृष्ट सहायक निर्देशक – उस्ताद जी,रेशम कुमार श्याउली तामाङ – सर्वोत्कृष्ट सहायक छायांकन – दर्बुङ,सन्चु लामा – सर्वोत्कृष्ट छायांकन – ग्याल्बो राजा रहनु भएको छ । यसै गरी सर्वोत्कृष्ट म्हेदोमाया गायिका महिलामा, रिचा बुलुन तामाङ – रातो रिबना,सीता लामा – कौले नम्सा
सर्वोत्कृष्ट नयाँ म्हेदोमाया गायिकामा सञ्जु लामा – ख्यालमाया,मिना लोप्चन – गढीगाङ,शान्ति लोप्चन – सेलगांग लार्क्यप्लारहनु भएको छ । यसै गरी सर्वोत्कृष्ट म्हेदोमाया गायकमा रमेश गोम्जा – ल्होछार खमाम, मरिचमान तामाङ एम.आर.सी – छिरके मिर्के, वाङ्च्यु पासाङ – म्हेंदोमाया स्याउ आरम्भ तामाङ – सिंगापुर की लाहुरे हुनुहुन्छ । त्यसै गरी सर्वोत्कृष्ट नयाँ म्हेदोमाया गायकमा दिलमान तामाङ – हयाङ्ला संस्कृति, दुर्गा बहादुर तामाङ – गढीगाङ, सूर्य लामा – रातो रातो गुलाफ,. सर्वोत्कृष्ट म्हेदोमाया मोडल महिलामा सुनिता वाइबा – ल्होछार खमम, ममता तामाङ – सिंगापुर की लाहुरे, ननिता हिमरुङ – कौसी जोरी रहनु भएको छ । यसै गरी सर्वोत्कृष्ट नयाँ म्हेदोमाया मोडेल महिलामाअन्जु तामाङ पाल्मो – ओई पाल्मो ओई डोल्मो,अनिशा तामाङ – ऐ फोटो,डोल्मा शेर्पा – सेलगाङ लार्क्याप्लासर्वोत्कृष्ट म्हेदोमाया मोडेल पुरुषमादुर ब्रेभ माम्बा – ल्हापसाङ्कारपो योङ्पाला, एम.बी. गुरुङ – कत्ती राम्री, रमेश लोप्चन – सोनम ल्होछार, सुरज लामा – महिन्द्रा माली ग्याङ रहनु भएको छ । यस्तै सर्वोत्कृष्ट म्हेदोमाया निर्देशकमा एमबी गुरुङ– गोच्चा म्याप्सी,जोन राई– ल्होछार खमाम, सिंग बहादुर तामाङ –रहनु भएको छ । यस्तै गरी मा सर्वोत्कृष्ट सेलो गायक
प्रकाश वाइबा – ब्रेल्साङ्लाई म्हान्जी, विक्रम लामा – बुलेट बाइक २, टिका बम्जन – तामाङको छोरो रहनु भएको छ । यसै गरी सर्वोत्कृष्ट नयाँ सेलो गायकमा सुलभ तामाङ – सैलुङे मैछ्याङ, विजय दोङ तामाङ – छम छम अटौले,सूर्य लामा – घुम्तीको बटो हुनुहुन्छ । सर्वोत्कृष्ट सेलो मोडेल पुरुषमा रामसिङ तामाङ (प्रबल)–भेटाइमा भयो, अमृत तामाङ जिग्री – आम्मैले ज्यान रहनु भएको छ । यसै गरी सर्वोत्कृष्ट नयाँ सेलो मोडेल पुरुषमा सुदीप लामा – खासद बजारउपेन्द्र खड्का – धाडिङ्गे च्याङ्बा हुनुहुन्छ । यसै गरी सर्वोत्कृष्ट नयाँ सेलो गायक महिलामा मुना तामाङ – काहाको होला दिदी बहिनी, विपना तामाङ – करवती २,पूर्णिमा गोले – हिमाली गाँउको सर्वोत्कृष्ट सेलो मोडेल महिलामा प्रमिला तामाङ – तोर तोर ल्हाला,मनिका तामाङ – ह्याङ्ला रिम्ठिम गंगा योञ्जन – चुम चुम भको, मनिषा तामाङ – यम्बुला लभ डांडा, यमुना मगर – धाडिङ्गे च्याङ्बासर्वोत्कृष्ट गीतकार र संगीतकारमा
मुना तामाङ–कहाको होला दिदी बहिनी,लिली योञ्जन–लेकैमा फुल्ने
सेलो गीत को सर्वोत्कृष्ट निर्देशकमा म्लाङ्सिङ तामाङ – देन्बा माया,राजकिङ वाइबा – खुकुरी होइना, रेशम कुमार श्याउली तामाङ – ल्हानन् दुखा, देव दोर्जे लामा – सिरबन्दी रहनु भएको छ । सर्वोत्कृष्ट आधुनिक गीत गायकमा शिभ परियार – भाटभटी मुटु पोली रहेछ,बिशाल योञ्जन – छडी गयो,बाबर गिरी– झिम झिम परेली, भीम बहादुर तामाङ – सातै मूल सर्वोत्कृष्ट नयाँ आधुनिक गायकमा प्रचण्ड बाबु राई – अमेरिकामा ब्रेक फास्ट गरौला, सुनिल तामाङ – तिम्रो मेरो नौमा, प्रचण्ड बाबु राई – दिल खोलेरा कुरा गरौला रहनु भएको थियो । सर्वोत्कृष्ट आधुनिक गायिका महिलामा रानी शाक्य – चैने जो, नीता आचार्य – झिम झिम परेली, प्रिति रिमाल – पौडर क्रीम ले
सर्वश्रेष्ठ नयाँ आधुनिक रचनाकारमा हरि लम्सल–अमेरिकामा ब्रेक फास्ट गरौला, शंकर थापा स्माइल – झिम झिम परेली सर्वोत्कृष्ट देउडा गायकमा गोर बहादुर कार्की – चाङखेलीको छाया रसर्वश्रेष्ठ नेपाली पप गायिका महिलामा माण्डबी त्रिपाठी – पैजन वाला, सरिता राई–कपुरी का रहनु भएको छ । यसै गरी सर्वोत्कृष्ट नेपाली आधुनिक पप गायक पुरुषमा सरगम राई–चाहना बधिगो, रमेश गोम्जा – कान्छिले नाच्दामा. सर्वोत्कृष्ट नयाँ नेपाली आधुनिक पप गायक पुरुष तर्फ सन्देश लामा (यमबहादुर तामाङ) – खुकुरी मैले हाने, सुनिल तामाङ – माया सुस्तारीअनिल तामाङ – बदला ले पाउँनु भएको छ । यसै गरी सर्वोत्कृष्ट ध्वनि इन्जिनियर पप गीत तर्फ गोविन्द सोनी – जनम जनमले पाउँनु भएको छ । यसै गरी सर्वोत्कृष्टसंगीत रचनाकार पप गीतमा शिरेश थापा – हत्यस्तै सर्वोत्कृष्ट मोडेल पप गीतमा शिरेश थापा – तिता मिठा,अस्तिक कार्की – किन यस्तो लागछ ले पाउँनु भयो । यसै गरी सर्वोत्कृष्ट मोडेल पप गीत महिलामा सुशीला तामाङ – माया सुस्तारी,समिक्षा – किन यस्तो लक्छ ले पाउनु भयो । यसै गरी सर्वोत्कृष्ट लोक दोहोरी गायिका महिलामा सिमा नेपाली – कैदी,कमला थापा – सोह्र सत्तराम. सर्वोत्कृष्ट लोक दोहोरी गायक पुरुष तर्फ रामहरि भण्डारी – पछ्यौरी उनिको,यमन खनाल – डोको चोयाको सर्वोत्कृष्ट नयाँ लोक दोहोरी गायक पुरुषमा कृष्ण डोङ तामाङ – सानिवर डेटिङ बसौल,राम कुमार गजमेहर – हे डल्ली सर्वोत्कृष्ट लोक डोहोरी मोडल महिलामारितु तामाङ – कत्ती रमाइलो सर्वोत्कृष्ट लोक दोहोरी मोडेल पुरुषमा जोन राई– हसरा बोलानि, कमल सिंग – नैलनको सारी यसै गरी सर्वोत्कृष्ट लोक दोहोरी निर्देशकमा सीताराम मगर – नमै छैना,शिशिर बुढाथोकी – निर्कमल, अमन मगर – पिरतिको नासा रहनु भएको छ । त्यसै गरीसर्वोत्कृष्ट लोक दोहोरी संगीतकारतर्फ मदन नेपाली (कगााष्ह) – सेतो सेतो कमेरो माटो रहनु भएको भुपराज खड्काले जानकारी दिनु भयो ।