नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ सिन्धुपाल्चोकको जिल्ला कार्य समितिको सल्लाहकार संयोजक स्व. अमिर बहादुर श्रेष्ठको निधनले सिङ्गो लाकतन्त्रबादीलाइ ठुलो क्षेती भएको महासघंले जनाएको छ । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ सिन्धुपाल्चोकको जिल्ला कार्य समिति र नगर कार्यसमितिको संयुक्त आयोजनामा सिन्धुपाल्चोक जिल्लाको युवा नेता; नेपाल शिक्षक संघको सदस्य एवम् नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ सिन्धुपाल्चोकको जिल्ला कार्य समितिको सल्लाहकार संयोजक स्व. अमिर बहादुर श्रेष्ठको घरमा उपस्थिति भई औपचारिक रुपमै गरिएको श्रद्धाञ्जली र समाबेदना कार्यक्रममा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ सिन्धुपाल्चोकको जिल्ला कार्य समितिको अध्यक्ष ज्यान बहादुर तामाङले सबै लोकतन्त्रबादीहरुले उँहाको निती सिदान्त र उँहाले समाजमा गरेका सामाजीक कामहरुलाइ निरन्तरता दिदै अगाडी बढ्न सके मात्र सच्चा श्रदान्जली हुने बताउँनु भयो ।
कार्यक्रम संचालन नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ नगर कार्यसमितिको प्रवक्ता श्री ईन्द्र कुमार पाख्रिन तामाङले गर्नु भएको थियो। कार्यक्रमको सभा अध्यक्ष नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ नगर कार्यसमितिको अध्यक्ष श्री रणबहादुर तामाङले गर्नु भएको थियो। प्रमुख अतिथि बिशेष अतिथी नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको जिल्ला सचिव श्री बिमल श्रेष्ठ र अतिथिहरु चौतारा सांगाचोकगढी नगरपालिका वडा नंं ढ कदमबास सदस्य श्री दिपेन्द्र भण्डारी र दिलिप राज गिरी लगायत अन्य नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ सिन्धुपाल्चोकको जिल्ला कार्य समितिको सदस्यहरूको र नगर कार्यसमिति को सदस्यको उपस्थितिमा ज्यान बहादुर तामाङ र बिमल श्रेष्ठले शोक मन्तब्य राख्नु भएको थियो।
सो अबशरमा मृतकको परिवारलाई समबेदना पनि ब्यक्त गरिएको थियो।शोक सभाको अध्यक्ष रणबहादुर तामाङ शोक मन्तब्य र समबेदना मन्तब्य राख्दै श्रद्धाञ्जली सभा बिसर्जन गर्नु भएको थियो ।अमिरलाल श्रेष्ठको माघ २६ गतै ४८बर्षकै उमेरमा आकस्मीक निधन भएको थियो ।
