सम्बाद क्लब काठमाण्डौका अध्यक्ष रामप्रसाद गैरे बिशेष समारोहका बिच सम्मानित हुनु भएको छ । विश्व उपभोक्ता महासंघ नेपालद्वारा अध्यक्ष गैरेलाइ सम्मान गरिएको हो ।
गैरेले उपभोक्ता हितका लागी बिभिन्न कार्यक्रमहरु गर्दै आउँनु भएको छ । अध्यक्ष गैरेलाई दुई दशकदेखि अत्यन्त निष्ठा र समर्पणका साथ संचार एवं समाजसेवाको क्षेत्रमा क्रियाशिल भएर आर्थिक र सामाजिक रुपान्तरणको लागि गरेका योगदानको कदरस्वरुप संस्थाको आठौं वार्षिकोत्सबको अवसरमा “राष्ट्रिय सेवा सम्मान २०८०” द्वारा सम्मानित गरिएको हो ।पुर्ब प्रधानन्यायधिस, पुर्ब मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले एक समारोहका बिच सम्मान पत्र प्रदान गर्नु भएको हो ।
