सम्पर्क

चौतारा क्याम्पसको प्रमाणपत्रलेअन्तराष्ट्रिय मान्यता पाउँने

 

नेत्रबहादुर बस्नेत, सिन्धुपाल्चोकजिल्लाको सदरमुकाममा रहेको चौतारा बहुमुखी क्याम्पस बाट प्रदान गरिने शैक्षिक प्रमाण पत्रले अब अन्तराष्ट्रिय मान्यता प्राप्त गर्ने भएको छ । यस क्याम्पसमा स्नातक तहका विद्यार्थी उत्र्तिण भएसंगै प्रतिव्यक्ति बार्षिक ३५ हजारको दरले अनुदान समेत आउने भएको क्याम्पस लृखा प्रमुख कृष्ण गोपालले जानकारी दिनु भयो ।सामुदायिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्रमाणीकरण प्रमाणपत्र पाए सँगै यो सुबिधा पाउँने भएको हो । विश्वविद्यालय अनुदान आयोगले सानोठिमी भक्तपुरमा एक कार्यक्रमको आयोजना गरी चौतारा बहुमुखी क्याम्पस सिन्धुपाल्चोक, अछाम बहुमुुखि क्याम्पस मंगलसेन, कोईष्ट ईन्टरनेशनल कलेज ललितपुरलाइ संयुक्त रुपमा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राध्यपक डा. देवराज अधिकारीले (क्यूएए) प्रमाणीकरण प्रमाण प्रदान गर्नु भएको हो । प्रमाणपत्र ग्रहण गर्दै क्याम्पसका प्रमुख नगेन्द्रप्रसाद दंगालले क्याम्पसले गुणस्तरीय शिक्षालाई आफ्नो लक्ष्य बनाएर अगाडि बढेकाले विश्वविद्यालय अनुदान आयोगले क्यूएए प्रमाणीकरण गरेको उल्लेख गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्नमा चौतारा बहुमुखि क्याम्पस अब्बल रहेको यसले प्रमाणित गरेको बताउँनु भयो । उँहाले यो अबस्था सम्म क्याम्पसलाइ ल्याउँनका लागी सस्थापक, हालका सञ्चालक समिती, शिक्षक, बिद्यार्थी, शिक्षा प्रेमी , समाज सेवी सबैको सहयोग रहेकाले सबैलाइ आभार ब्यक्त गर्दै क्याम्पसलाइ अझ स्तरीय बनाउँन सबैको सहयोगको आबश्यक रहेको बताउँनु भयो । प्रमाण पत्र बितरण समारोहमा सस्थापक कृष्ण राज श्रेष्ठ,नेपाल सरकारका पुर्ब सचिब क्याम्पस सल्लाहकार संयोजक पुन्य प्रसाद न्यौपाने, क्याम्पस सञ्चालक समितीका अध्यक्ष गम्भीर लाल श्रेष्ठ, पुर्ब प्राध्यपक तथा मानवअधिकारबादी नेता कपील श्रेष्ठ,चौतारा साँगाचोकगढी नगरपालिका सामाजिक बिकास संयोजक तथा वडा नं १३का वडाअध्यक्ष राम प्रसाद गौतम क्याम्पस सञ्चालक समितीका पदाधिकारीहरु लगाएतको उपस्थिती रहेको थियो । २०५८ सालमा स्थापना भएको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तहमा विज्ञान शिक्षा र व्यवस्थापन सङ्काय र स्नाकोत्तर तहमा शिक्षा सङ्कायको नेपाली र अंङ्ग्रेजी दुबै माध्यममा अध्यापन हुने गरेको छ । छात्राबासको समेत सुबिधा रहेको उक्त क्याम्पसमा सिन्धु पाल्चोक जिल्लाका १२ वटै पालिकासाथै छिमेकी जिल्लाहरुबाट समेत बिद्यार्थीहरु अध्ययनका लागी आउँने गरेका छन । शिक्षा सिकाइमा गुणस्तरियता, अनुशासित , क्याम्पस प्रमुखको स्थाइत्व योजनाका साथै निश्पक्षता शिक्षा सिकाइमा क्याम्पस प्रशासनको एकता अनी संस्थापकहरु सहीत सञ्चालक समितीको लगनसिलताले चौतारा बहुमुखी क्याम्पसको मात्र होइन सिङ्गो सिन्धुपाल्चोकको शिर अझ माथी उठेको सरोकारवालाहरुको भनाइ रहेको छ ।