देसको राजधानी सबैको मुटुमा रहेको स्तरिय स्वास्थ्य सेवा प्रदान गरिरहेको बिर अस्पताललाइ बदनाम गराउँन बिर अस्पताल अगाडी सञ्चालनमा रहेको औषधी पसलहरु लागी परेको तथ्य फेला परेको छ ।
बिहीबार स्वास्थ्य मन्त्रीको नेतृत्वमा र औषधि व्यवस्था विभागका महानिर्देशक सहीतको समुहले अनुगमन गर्दा उपकार फर्मा र सत्यम फर्माले दर्ता नभएका, म्याद गुज्रिएका र मूल्य नै नतोकिएका औषधि महंगोमा विरामीलाई बिक्रि वितरण गरिरहेको फेला परेपछि दुई वटै फार्मेसी बन्द गरिएको छ । स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा. विकाश देवकोटा, डा. दीपेन्द्ररमण सिंह र निति तथा योजना डा.कृष्ण पौडेल र औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालको नेतृत्वमा सिनियर फर्मासिस्टहरु, मन्त्रालयका अधिकारी र सञ्चारकर्मीसहितको विज्ञ समुहको निरीक्षण पछि कानून विपरित वीर अस्पतालको नयाँ भवन (सर्जिकल) को छेउमै गुठीको जग्गामा निजीस्तरमा सञ्चालन गरिएका महंगोमा औषधि विक्रिबितरण गरिरहेको पाइएकोले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको निर्देशनमा दुई वटा फार्मेसी बन्द गराएको हो ।विरामीलाई आवश्यक पर्ने औषधि वीर अस्पताल भित्रका फार्मेसीमा नपाउने विरामीलाई बाहिरका फार्मेसीबाट महंगो औषधि किन्न परिरहेको गुनासो आएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले औषधि व्यवस्था विभागका विज्ञहरु र मन्त्रालयका अधिकारी लिएर बिहीबार आकस्मिक रुपमा वीर अस्पतालले सञ्चालन गरेका अस्पताल भित्र रहेका फार्मेसी र अस्पताल बाहिर नीजि स्तरमा सञ्चालनमा रहेका फार्मेसीहरुको अनुगमन गरेको मन्त्रीका प्रेस संयोजक रामचन्द्र दुलालले जानकारी दिनु भयो ।अनुगमनमा स्वास्थ्य मन्त्री बस्नेत आफू नै सहभागी हुनुभएको थियो। वीर अस्पातालको निर्देशक लगायत अधिकांश सरकारी अस्पतालहरुले आफुले सञ्चालन गरेका फार्मेसीहरुमा विरामीलाई चाहिने औषधि उपलब्ध नगराएर बाहिरका निजी फार्मेसीहरुसँगको कमिसनको मिलेमतोमा महंगोमा औषधि किनाउने गरेको गुनासो आए पनि आकस्मिक निरिक्षण गर्नु परेको मन्त्री बस्नेतले बताउँनु भयो ।
‘वीर लगायतका सरकारी अस्पतालहरुका फार्मेसीमा विरामीलाई आवश्यक पर्ने औषधि नराख्नुको कारण पत्ता लगाएर समाधान खोज्न अनुगमन गरिएको बताउँदै मन्त्री बस्नेतले जनतालाई अस्पतालकै फार्मेर्सीबाट न्युनतम मूल्यमा सहज रुपमा औषधि उपलब्ध गराउनु पर्छ । कसैको मिलेमतो र कमिसनको चक्करमा विरामीले महंगोमा औषधि किन्नु पर्ने बाध्यता हटाउनुपर्छ भन्नु भयो ।अनुगमनको रिपोर्ट आएपछि वीर लगायत देशभरिकै सरकारी अस्पतालहरुमा सहज रुपमा अस्पतालकै फार्मेसीबाट औषधि उपलब्ध गराइने व्यवस्था गर्ने मन्त्री बस्नेतले बताउँनु भयो । अनुगमनका क्रममा वीर अस्पताल भित्र सञ्चालनमा रहेका तीन वटै फार्मेसीमा आवश्यक औषधि फेला नपरेको अतिरिक्त सचिव डा. विकाश देवकोटाले बताउँनु भयो । भित्रै उपलब्ध हुने औषधिको लागि समेत बाहिरबाट किनेर ल्याउनु पर्ने बाध्यता रहेको विरामीहरुले गुनासो गरेका छन् ।प्रेस संयोजक दुलालका अनुसारसत्यम र उपकार फर्माले औषधि व्यवस्था विभागमा दर्ता नै नभएका औषधि विक्रीबितरण गरिरहेको, म्याद गुज्रेका औषधि विक्रीवितरण गरिरहेको र औषधिको भण्डारण पनि सही ढंगले नगरेको पाइएपछि दुई फार्मेसी बन्द गर्ने निर्णय गरेको महानिर्देशक ढकालले जानकारी दिनु भयो । स्वास्थ्य मन्त्रालयले बिज्ञेप्ती समेत निकालेर देस भरीका सरकारुी तथा निजी सबै अस्पताल, फार्मेसीहरुमा म्याद गज्रीएका औषधी हरु भेटीमा त्यस्ता फार्मेसी हरु बन्द गर्ने जनाएको छ ।
