सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाँउ कार्यपालिकाको कार्यलय घेराउ गरिएको छ। गाउँपालिकाको कार्यलय सुनखानी हुन पर्ने माग सहीत आन्दोलन गरिरहेको सुनखानी बासीहरुले कार्यलय घेराउ गरेका हुन ।
माघ २९ गते सुनकोशी गाउपालिकाको कार्यपालिका बैठक बस्नु अघि संघर्षको पहिलो खुड्किलो भन्दै सुनकोशी गाउंपालिकाको प्रशासकीय भवन भौगोलिक हिसाब ले र आबश्यकताको आधारमा सुनखानी ५ मा बनाउनु पर्छ भनि संघर्ष समिती लगायत सम्पूर्ण सरोकार वालाहरु उपस्थिति भइ गाउँपालिका अध्यक्ष,उपाध्यक्ष,प्रमुख प्रशासकिय अधिकृत तथा सातै वाडका अध्यक्षहरु समक्ष सुनकोशी को सभाहलमै पुगेर सामुहिक ज्ञापनपत्र बुझाएको थियो। सोमबार ढिलोबाट सुरूभएको कार्यपालिकाको बैठकले बेलुका ढिला गरि सियाले पिपलडाँडा पर्छ भन्ने निर्णय गर्न खोजे पछि उपाध्यक्ष कान्छी लामा,सुनकोशी ५ का वडा अध्यक्ष जल बहादुर लामा ,सुनकोशी ४ का वडा अध्यक्ष भोजलाल श्रेष्ठ र एक सदस्य ले बैठक बहिस्कार गरि निस्कियको अबस्था रहेको आन्दोलनमा सहभागी कुमार बस्नेतले जानकारी दिनु भयो । पालिका भवन सुनखनिमै बन्न पर्ने र भौगोलिक र सुनकोशीको बिच भाग नै सुनखानि भएकोले सुनखानि नै बन्नु पर्ने उपाध्यक्ष लामाको माग रहेको थियो । समग्र सुनकोशीको बिकासका लागि सुनखानी हुनु पर्ने भन्दै संघर्ष समिति नै बनाएर नि शुल्क जग्गा मिलाएको पालिका अध्यक्ष टपेन्द्र प्रसाद तिमल्सिनाले चुनाबको बेला पनि सुनखानि नै पालिका भवन बनाउने बाचा गरेकोले बाचा पूरा गर्ने बेला आएको ५ न वडा संघर्ष समितिका अध्यक्ष समेत रहनु भएका कुमार बस्नेतले बताउनु भयो। भुगोलको हिसाब र सुनकोशी ४ र ५ को बिकासका लागि सुनखानि नै बन्नु पर्ने थुप्तेन लामाले बताउनु भयो। सुनकोशी सरकारले भौगोलिक अबस्था ,असुरक्षित ,बिकट भन्दै सँधै ४ र ५ न वडा पछाडि परी अन्याय गरेको पार्टी भन्दा पनि माथि उठेर समग्र बिकासका लागि जस्तोसुकै परिस्थितिको सामान गर्ने सुनकोशी संघर्ष समितिका अध्यक्ष छिरीङ लामाले बताउनु भयो। उक्त निर्णय सचिदैन भने पालिका संघर्ष समितिको निर्णय गरेर कुनै पनि कार्यक्रमहरू सुनखानिमा गर्न नदिने अझै शुक्रबार सम्म पनि सम्बोधन नभए सुनकोशी पालिका भरका सडक,बिद्यालय ,सरकारी कार्यालयहरू पनि बन्द गरेर कडा संघर्ष गर्ने समितिले जनाएको छ।निर्णय सच्याउन सुनकोशीको संघर्ष समिति आग्रह गर्दै बिहीबार चौथो दिन पनि आन्दोलन जारी रहेको बताउँदै बस्नेतले शुक्रबारसम्म माग पूरा नभए सुनकोकोशी भित्रका सरकारी कार्यालय र सडक ठप्प गर्ने संघर्ष समितिको निर्णय भएको बताउँनु भयो ।
