सम्पर्क

बाह्रबिसेमा बोलेरो दुर्घटना हुँदा दुई महिलाको मृत्यु

जिल्लाको बाह्रबिसेमा बोलेरो दुर्घटना हुँदा दुई जना महिलाको घटनास्थलमा नै मृत्यु भएको छ ।   बाह्रविसे नगरपालिका–७ नागपुजेबाट बाह्रविसे बजार आउँदै गरेका बा १२ च ४९९१ नम्बरको बोलेर नागपुजे नजिकैबाट ७० मिटर तल अँधेरी खोलामा खस्दा दुई जना महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले जानकारी दिएको छ ।
प्रहरीका अनुसार स्थानीय दिलकुमारी प्रधान र लालकुमारी प्रधानको मृत्यु भएको छ । दुर्घटनामा घाइते चालक विक्रम थापासहित यात्रुहरु पुस्कर थापा, गोपाल थापा र खडगकुमारी श्रेष्ठको बाह्रविसे प्राथमिक स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।