सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिकाले गर्भवती र सुत्केरी महिलाको घर सहजै पहिचान होस् भनेर निलो भण्डा राख्ने कामको सुरु गरेको छ ।
पोषण तथा खाद्य सुरक्षा नेपाल र बलेफी गाउँपालिकाको सहकार्यमा वडा नम्बर २ भित्रका गर्भवती र २ वर्षसम्मका सुत्केरी महिलाका ४५ घरधुरीमा निलो झण्डा राखिएको छ । सहजै गर्भवतीको घर पहिचानका लागि उक्त झण्डा राखिएको स्वास्थ्य शाखाले जनाएको छ ।
उक्त झण्डामा गर्भवतीआमा, ६ महिना सम्मका स्तनपान गर्ने बच्चा, ६ महिना देखि २ बर्ष सम्मका बालबालिकाहरु देखिने लोगो छ । गर्भवती र २ वर्षसम्मका सुत्केरी महिला सुनौला हजार दिनका आमा हुन् ।
गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार समुदायमा सरकारी तथा गैरसरकारी संस्थाहरुले पोषण तथा स्वास्थ्य सम्बन्धि कार्यक्रम सञ्चालन गर्दा सुनौला हजार दिने आमा र बच्चालाई प्राथमिकतामा परुन् भन्ने उदेश्यका साथ घर पहिचान कार्य सुरु गरिएको वडा नं २ स्थित धन्सार आधारभूत स्वास्थ्यचौकी इन्चार्ज सुभद्रा नेपालले जानकारी दिनुभयो ।
