सम्पर्क

कुकुर उठाउँदै बलेरोमा हाल्दै

सिन्धुपाल्चाुक जिल्ला चौतारासाँगाचोकगढी नगरपालिकाले छाडा कुकुर समातेर कुकुरको बन्ध्याकरण गर्न शुरु गरेको छ । चौतारासाँगाचोकगढी नगरपालिकाले यस बर्ष करिब २०० कुकुरको बन्ध्याकरण गर्ने योजना राखेको पशु शाखाले जनाएको छ । यसै सन्धर्भमा बुधबार कुकुर सङ्कलन गर्न वडा नं १४मा नगर पशु शाखाका कर्मचारी पुगेर स्थानीयको सहयोगमा कुकुर समाउँदै बलेरोमा हाल्दै लगेको छ ।यसरी जम्मा पारिएको कुकुरलाइ इर्खुमा लगेर बन्ध्यकरण गरि फर्काइने भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका १४का वडा सदस्य रत्न बहादुर तामाङले कुकुरको बन्ध्याकरण गरेर जँहाबाट लगस्यको सोही ठाउँमा ल्याएर छाडीने र त्यस्ता कुकुरबाट अरु छाउरा नहुने भएको ले छाडा कुकुर नियन्त्रणमा आउँने बताउँनु भयो ।