सम्पर्क

चौतारामा तिन दिने माटो परिक्षण शिविर सम्पन्न

सिन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोकगढी नगरपालिका मा तिन दिने माटो परिक्षण शिविर आइतबार सम्पन्न भएको छ । शिविरमा नगर भित्रका प्राय जग्गाहरु अम्लीएका पाइएको छ । मेलम्ची नगरपालिकाको प्रबिधीक सहयोगमा नगरपालिकाको १४वटै वडाको माटो परिक्षण गर्दा अत्याधिक रुपमा अम्ल्ीयको पाइएको हो । मेलम्ची नगरपालिकाका कृषी प्राबीधिक अम्बर नाथ आचार्य, हरीगोपाल श्रेष्ठ र चौतारासाँगाचोकगढी नगरपालिकाका कृषी प्राबिधीक रामहरी दहालको समुहले गरेको माटो परिक्षणमा यस्तो देखीएको हो । चौतारासाँगाचोकगढी नगरपालिकाको १४वटै वडाको ३३४ स्थानको माटो नमुना परिक्षणको लागी ल्याइएको प्रबीधिक रामहरी दाहालले जानकारी दिनु भयो । खाश गरी रासायनिक मलको प्रयोगमा ध्यान नदीदा बढी रासायनिक मल प्रयोग गर्दा यसरी माटो अम्लीने गरेको प्राबिधीक दाहालले जानकारी दिनु भयो । माटोमा भएका क्याल्सीयम, म्याग्नेसीयम,पोटासियम,सोडीयम,का कारण हाइड्रोजन बढेर माटोको पि.एच घट्रेको रिपोर्ट आउँछ त्यस अबस्थाको माटोलाइ अम्लीयको भनीन्छ । वैज्ञानिक शब्दमा भन्नुपर्दा अम्लीयपना भन्नाले माटोमा हाइड्रोजन आयन को सक्रियता भन्ने बुझिन्छ्र सामान्य भाषामा माटोमा हाइड्रोजन आयन बढ्दै गएपछि माटोको पि.एच घट्छ जसलाई हामी अम्लीय माटो भन्दछौं्र यो चौतारा साँगाचोकगढी नगर पालिकामा अत्याधिक मात्रामा रहेको पाइएको छ । माटो परिक्षण गरिएको ३३४ मध्य २७२ अम्लीएको पाइएको छ भने अम्लीयपनले माटोको रासायनिक र जैविक गुणमा प्रभाव पार्दछ्र यसले बिरुवाकोजराबाट विभिन्न खाद्य तथा अखाद्य तत्त्वहरूको उपलब्धतामा असर गर्नुका साथै माटोमा रहेका सुष्म जीवहरूको क्रियाकलापमा समेत अन्तर ल्याउँछ्र। माटो अम्लीय हुनु एउटा प्राकृतिक प्रक्रिया हो ्र मानवीय कारणले अम्लिय हुने क्रम बढ्नु भने समस्या हो ्रसबै अवस्थामा अम्लीय माटो समस्याका रूपमा हुँदैन तर यसलाई त्यहीअनुसारको व्यवस्थापन आवश्यक पर्छ तसर्थ अम्लीय माटो व्यवस्थापन का लागी कृषकहरुले बाली लगाउँदा प्रयोग गर्ने मलखाद सन्तुलित हुन सकेमा अम्लीयपना को समस्या हुँदैन्र विभिन्न बाली लगाउँदा नाइट्रोजन युक्त युरिया मल मात्र होइन कि विरुवालाई चाहिने सबै मुख्य( नाइट्रोजन, फस्फोरस,पोटाश) तथा सहायक तत्वहर (क्यालसियम, म्याग्नेसियम) र अन्य सुष्म तत्वहरूको समेत प्रयोग गरेमा माटोमा सबै तत्वहरूको सन्तुलन राख्न मद्दत हुन्छ र समस्या हुँदैन खेती गर्दै जाँदा रासायनिक मलको मात्र प्रयोगले माटोमा भएका प्राङ्गारिक पदार्थ विघटन भई अम्लीयपना बढ्छ्र त्यसैले गुणस्तरीय प्रांगारिक मलखाद पनि अनिवार्य रुपमा प्रयोग गर्नुपर्छ प्रांगारिक मलखादले माटोमा प्राङ्गारिक पदार्थको मात्राबढ्नुका साथै यो बिरुवालाई चाहिने सम्पूर्ण खाद्य तत्वको सन्तुलित स्रोत पनि हो्र । माटो अम्लीय भएमा सुधार गर्न कृषि चुनको प्रयोग गर्नुपर्छ्र कृषि चुन, चुनढुङ्गा लाई मसिनो पारेर बनाइएको धुलो हो । धेरै अम्लीय माटो मा कृषि चुन प्रयोग एकचोटी नगरी दुई पटक गरेर प्रयोग गर्नुपर्दछ्र।कृषि चुनको प्रयोग माटो परीक्षण पछि मात्रै गर्नुपर्छ्र यसका लागी चौतारासाँगाचोकगढी नगरपालिका कृषी शाखाले आबश्यक कृषी चुनको व्यवस्थागर्न लागेको कृषी प्राबीधिक रामहरी दाहलले जानकारी दिनु भयो । चौतारा साँगाचोकगढी नगरपालिकाको आर्थीक र मेलम्ची नगरपालिकाको प्राबिधीक सहयोगमा भएको माटो परक्षीण शिबीर कार्यक्रम माघ २६ गते देखी २८ गते सम्म तिन दिन चलेको थियो।