सम्पर्क

ब्रेकिङ न्युज १

पाँचपोखरीलाई गर्यो पूर्णखोप सुनिश्चितता पालिका घोषणा

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकालाई पूर्ण खोपसुनिश्चितता पालिका घोषणा गरिएको छ । गाँउपालिका अध्यक्ष टासी लामा, उपाध्यक्ष सुनिता अधिकारी, जनस्वास्थ्य कार्यालयसिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाँइ लगायतको उपस्थितिमा बिहिबार गाउँपालिकालाई निश्चित सुचकका आधारमापूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको हो । पहिलो चरणमा पालिकाका सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणागरिएको र हाल सोही तथ्याङ्क र सूचकका आधारमा पूर्ण खोप सुनिश्चिततागाउँपालिका घोषणा गरिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख आत्मराम धिताललेबताउनुभयो । सबै सर्तहरू पूरा गरी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चिततागाउँपालिका घोषणा गरिएको जनस्वास्थ्य कार्यालयसिन्धुपाल्चोकका प्रमुख बजगाँइले बताउनुभयो । पालिकाभित्र ८ वटा स्वास्थ्य चौकी , २ वटा सामुदायिक स्वास्थ्य इकाइ र २ वटा अस्पताल रहेकागाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण क...

नगर प्रमुख बस्नेत द्धारा बिरामी कर्मचारीलाइ आर्थीक सहयोग

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला बाह्र्बिसेनगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले नगर पालिकाका सहयोगी भुवन प्रसाद भट्टराईलाइ रु ८,८८०००। (आठ लाख अठासि हजार) नगद सहयोग गर्नु भएको छ । भट्टराइ लामो समय देखी दमको रोगले थल पर्नु भएको थियो । बिगत लामो समय देखि बिरामी हुनुभएको भुवन प्रसाद भट्टराईलाई भेट्नु भई उहाँले यस बाह्रबिसे गा बि स हुँदै नगरपालिका सम्म आइपुग्दा ३२ बर्ष सेवा गर्नु भएको हुनाले उहाँलाई सहयोग तथा कर्मचारी सेवा भत्ता बापत रु ८,८८०००। (आठ लाख अठासि हजार) रुपैयाँ बराबरको चेक हस्तानन्तरण गरिएको सचिबालयका राजकुमार बस्नेतले जानकारी दिनु भएको छ । उँहाका अनुसार नगर प्रमुख बालकृष्ण बस्नेत ले भट्टराइकै निवासमा गएर उँहाको स्वास्थ्य लाभको कामना गर्दै उक्त चेक हस्तान्तरण गर्नु भएको हो । चेक हस्तानन्तरण गर्दै नगर प्रमुख बस्नेतले उपचारका लागी नगरपालिकाबाट गर्न सक्ने सहयोग गर्ने बताउँनु भयो । नगरप्रमुख बालकृ...

भोटेकाशीको हाइड्रोपावरमा बिवाद

#, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
इलेक्ट्रोपावर कम्पनी (साविक शैलुङग पावर) द्धारा निर्माणधिन ४० मेगावाटको भोटेकोशी–१ जलबिद्युत आयोजनामा स्थानीयले भौगोलिक उच्च जोखिम भएको र आफ्ना मागहरु आयोजनाले नसुनेको भन्दै माग पुरा गराउँनको लागी आयोजनामा धर्ना बसेको देवी बुढाथोकीले जानकारी दिनुभयो । स्थानीय बासिन्दाहरुको तर्फबाट २०८१ जेष्ठ २२ गते मंगलबार प्रधानमन्त्रीको कार्यालयमा निबेदन समेत दिएका थिए । स्थानीय बासिन्दाहरुले भुकम्पपछी उक्त स्थान जोखिममा परेकाले आयोजनाको काम रोक्न पर्ने माग अघि सारेर काठमाण्डौको माइतिघरमा समेत प्रदर्शन गरेका थिए । स्थानीय बासिन्दाहरुको तर्फबाट भक्त बहादुर बुढाथोकी, देबी बुढाथोकीलगायतले बिभिन्न निकायमा बोधार्थ सहित प्रधानमन्त्रीको कार्यालयमा निबेदन समेत दिएका बुढाथोकीले बताउनुभयो । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक निरन्जन भट्टराइसँग सम्पर्क राख्दा उ...

कृषि पकेट क्षेत्र बन्दै त्रिपुरासुन्दरी

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
आफुले जानेको सिप आफ्नै गाउँ घरमा प्रयोग गर्नपर्छ र आफ्नो जग्गा जमिन बाँझो राखेर बिदेशमा गएर दुख गर्नुको सट्टा आफ्नै गाउँमा उत्पादनमुखी काम गर्नका लागि प्रोत्साहन दिदै आएको सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका विस्तारै कृषि पकेट क्षेत्र बन्ने योजनाका साथ अगाडी बढीरहेको छ । यसै योजना अनुसार गाँउपालिकाका अध्यक्ष भक्त ध्वज बोहोराले मङ्गलबार एक समारोहका बिच वडा नं. २ लाई सुन्तला पकेट क्षेत्र घोषणा गर्दै सुन्तलाको बिरुवा बितरण गर्नु भएको छ । मंगलबार आ.व. २०८०÷०८१ को कृषि विकास कार्यक्रम अन्तरगत बाँझो जग्गामा पकेट क्षेत्र विकास कार्यक्रम का लागी वडा नं. २ कान्लेमा सुन्तला खेतीको पकेट क्षेत्र घोषणा तथा बिरुवा हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष भक्तध्वज बोहराले आफ्नै घरको खाना खाएर घरमा परिबारका साथ बसेर आफ्ना खेति योग्य जमिनको सदुपयोग गर्न र आयआर्जन बढाउँनका लागी गाँउपालिकाले अनुदा...

जुगल गाउँपालिका वडा नंम्वर ३ को योजना छनौट

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
  सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नंम्वर ३ ले आगामी आर्थिक वर्ष ०८१÷०८२ को योजना छनौट गरेको छ । सोमबार वडा कार्यालयमा आयोजित चालु आर्थिक वर्षको समिक्षा, सार्वजनिक सुनुवाई तथा आगामी वर्षको योजना छनौट कार्यक्रम भएको हो । जुगल गाउँपालिका वडा नंम्वर ३ का स्थानीयले शिक्षा, स्वास्थ्य तथा पूर्वाधारका क्षेत्रमा विकास गर्नुपर्ने माग राखेका छन् ।सिन्धुपाल्चोक जिल्लाको विकट हिमाली क्षेत्र गुम्वामा तुलनात्मक रुपमा विद्यार्थीको चाप कायम रहेको, विद्यालयमा पूर्ण भौतिक संरचना नभएको, विद्यालय शिक्षामा अभिभावकको चासो कम रहेको, शिक्षकहरुमा समयसापेक्ष तालिम अपर्याप्त रहेकोले उक्त विषय समेटेर आगामी वर्षको वजेट निर्माण गर्न शिक्षक तथा विद्यालय प्रतिनिधिले सुझाव पेश गरेका छन् । विद्यालयमा शैक्षिक सामाग्री, खेलकुदका सामाग्री, चमेनागृह, खानेपानी, शौचालय र विद्यालयमा स्वास्थ्य परीक्षणको समेत राम्...

सबै कार्यालयमा सुचना अधिकारीको कार्यलाई सक्रीय गरिने

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
जिल्लामा शान्ति सुरक्षा मजबुद बनाई राख्दै कुनैपनि काममा अनियमितता हुन नदिने प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताउँनु भएको छ । उहाँले जिल्लामा कुनैपनि अप्रिय घटना घट्न नदिन प्रशासन सचेत भएर काम गरिरहेको र गरिरहने बताउँदै कहि कतै त्यस्ता घटना घट्ने सम्भावना देखिए तत्काल नजिकको सुरक्षा निकायलाई खबर गर्न सबैलाई अनुरोध गर्नुभयो । उहाँले सिन्धुपाल्चोक जिल्लामा कार्यालयमा जेष्ठ २३ गतेदेखी प्रमुख जिल्ला जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्नु भएपछी आइतबार सञ्चारकर्मीहरुसँग भएको भेटघाटको अबसरमा यस्तो बताउँनु भयो । प्रजिअ थापाले सञ्चारकर्मी, सुरक्षाकर्मी र प्रशासन कार्यालयबिच गहिरो सम्बन्ध भएकाले हरेक गतिबिधीका सुचना प्रबाह गर्ने सञ्चारकर्मीहरुबाट आफुले सुचनाको सहयोग पाउँने र हरेक कार्यालयमा सुचना अधिकारीको व्यवस्था गरी सुचना अधिकारी मार्फत आ–आफ्ना कार्यालयमा भएका कामहरुको बारेमा सञ्चारकर्मी जा...

परिबर्तनका लागी सहकार्यद्धारा बिद्यालयमा सहयोग

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाँउपालिका वडा नं ६मा रहेको इचोक माध्यमिक बिद्यालय र महेन्द्र माध्यमिक बिद्यालयका बिद्यार्थीहरुले अध्यनका लागी सहयोग पाएका छन । परिबर्तनका लागी सहकार्य नेपालले उक्त सहयोग गरेको हो । हेलम्बु गाँउपालिका वडा नं ७का वडा अध्यक्ष मिन बहादुर खड्काको प्रमुख अतिथ्यतामा र वडा नं ६का वडा अध्यक्ष सञ्च बहादुर तामाङ्गको बिशेष अतिथ्यतामा आइतबार उक्त सहयोग सामाग्री बितरण गरिएको थियो । सहयोग सामाग्री बितरण गर्दे प्रमुख अतिथी वडा नं ७का वडा अध्यक्ष मिन बहादुर खड्काले बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुको स्वास्थ्य,र शिक्षाका लागी परिबर्तनका लागी सहकार्य नेपालले गरेको सहयोगको प्रशंसा गर्दै बिशेष धन्यबाद दिनु भयो । बिशेष अतिथी वडा नं ६का वडाअध्यक्ष सञ्च बहादुर तामाङ्गले शिक्षा सिकाइका लागी सहकार्य नेपालले गरेका सहयोगका बारेमा चर्चा गर्दे जस्तो नाम उस्तै काम भएकोमा आफुहरुलाइ खुशी ल...

बन्ने भयो लालबहादुर खातीको सालिक सँगै काँठे लोकदोहोरी पार्क

जिबनशैली, ब्रेकिङ न्युज १, विचित्र संसार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका १४मा लोक गायक तथा सङ्गीतकार स्व.लालबहादुर खातीको सालिक बन्ने भएको छ । राष्ट्र्रीय सङ्गीत कर्मी सघं सिन्धुपाल्चोकको जिल्ला शाखा कार्यलय सिन्धुपाल्चोकको बैठकले उक्त निर्णय गरेको आजिवन सदस्य लिलाराज बानीयाले जानकारी दिनु भयो । उँहाका अनुसार कलाकार लालबहादुर खातीको सम्झनामा सालीक सँगै काँठे लोकदोहोरी पार्क समेत निर्माण गर्न पहल गरिने निर्णय भएको हो । सघंका अध्यक्ष इश्वरी प्रसाद सापकोटाको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।  ...

गाँजा खेती सम्भाव्यताबारे नियमावली बनाएर अध्ययन गरिने

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
काठमाडौँ, २५ जेठ : उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गाँजा खेतीको सम्भाव्यताबारेमा अध्ययन तथा अनुसन्धान गर्न यथाशीघ्र नियमावली बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आगामी आव २०८१÷८२ को बजेटमा समावेश गरिएको गाँजा खेतीबारे छलफल गर्न प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा गृहमन्त्री लामिछानेले यस विषयमा पर्याप्त छलफल भइसकेकाले अब कुनै दुविधा नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “गाँजा खेतीको औषधिजन्य र व्यावसायिक प्रायोजनका लागि अध्ययन तथा अनुसन्धान गर्न यथाशीघ्र नियमावली बनाउँदैछाँै । यी दुई विषय मात्र नभई गाँजासम्बन्धी बहुआयामिक तरिकाले अध्ययन गर्न सकियोस् भने एक महिनामा सम्भवत अध्ययन समित बनाउनेछौँ ।” गृहमन्त्री लामिछानेले गाँजासम्बन्धी कानुन बनाउँदा सामाजिक परिवेशलगायत नियमनको पाटोमा पनि जोड दिने बताउनुभयो । उहाँले लागुऔषध दुव्र्यसनीमा फसेका र लागुऔषध ओसारपसा...

समाजसेवी रमेश थापा नेतृत्वमा सरस्वती मन्दिर निर्माण

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक, जेठ २५ गते । चौतारा साँगचोकगढी नगरपालिका–३ आलमछाप स्थित दक्षिणकाली माध्यमिक बिद्यालयमा समाजसेवी रमेश थापा नेतृत्वमा सरस्वती मन्दिर निर्माण गरिएको छ । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक कटुवालका अनुसार समाजसेवी समेत रहेका(होटेल ड्रिम्स कनेट,ठमेल) थापा(चौतारा नगरपालिका–३)ले उक्त मन्दिर निर्माणका लागि १ लाख ११ हजार १ सय ११ रुपियाँ, आध्या फाउण्डेशन(गोपाल धिताल तथा परिवार अमेरिका) १ लाख, खुशी कार्की तथा परिवार(थाईल्याण्ड) ६५ हजार, प्रकाश मिश्र(अमेरिका) ५० हजार, खडानन्द गिरी तथा अञ्जु बस्नेत(अमेरिका) ५० हजार, ध्रुव पौडेल भोटेकोशी गाउँपालिका ५० हजार सहयोगमा मन्दीर निर्माण गरिएको हो । साथै सो मन्दिर निर्माणका लागि तुला गुरुङ(अमेरिका) २६ हजार, बुद्ध बाँनिया(अमेरिका) २६ हजार, यदु शर्मा(अमेरिका) २० हजार, किरण गजमेर(अमेरिका) १५ हजार, मदन अधिकारी(अमेरिका) १३ हजार, ज्ञानेन्द्र केसी...