सम्पर्क

सबै कार्यालयमा सुचना अधिकारीको कार्यलाई सक्रीय गरिने

जिल्लामा शान्ति सुरक्षा मजबुद बनाई राख्दै कुनैपनि काममा अनियमितता हुन नदिने प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताउँनु भएको छ । उहाँले जिल्लामा कुनैपनि अप्रिय घटना घट्न नदिन प्रशासन सचेत भएर काम गरिरहेको र गरिरहने बताउँदै कहि कतै त्यस्ता घटना घट्ने सम्भावना देखिए तत्काल नजिकको सुरक्षा निकायलाई खबर गर्न सबैलाई अनुरोध गर्नुभयो । उहाँले सिन्धुपाल्चोक जिल्लामा कार्यालयमा जेष्ठ २३ गतेदेखी प्रमुख जिल्ला जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्नु भएपछी आइतबार सञ्चारकर्मीहरुसँग भएको भेटघाटको अबसरमा यस्तो बताउँनु भयो ।
प्रजिअ थापाले सञ्चारकर्मी, सुरक्षाकर्मी र प्रशासन कार्यालयबिच गहिरो सम्बन्ध भएकाले हरेक गतिबिधीका सुचना प्रबाह गर्ने सञ्चारकर्मीहरुबाट आफुले सुचनाको सहयोग पाउँने र हरेक कार्यालयमा सुचना अधिकारीको व्यवस्था गरी सुचना अधिकारी मार्फत आ–आफ्ना कार्यालयमा भएका कामहरुको बारेमा सञ्चारकर्मी जानकारी गराउँने व्यवस्था मिलाउँने, नागरिकता, राष्ट्रिय परिचयपत्र, पासपोर्ट लिने सेवाग्राहीहरुलाई अझ सहजताका लागि प्रशासन कार्यालयबाट हुने कामहरु ढिला सुस्ती हुन नदिने बताउँनु भयो । नेपाल पत्रकार महासंघका जिल्ला सभापतीको नेतृत्वमा जिल्लामा रहेका सञ्चारकर्मीहरुसँग भएको भेटघाटमा बिपद आएपछी राहत होइन बिपद आउँनै नदिने र आइहालेमा पहिले कसरी सुरक्षित हुने भन्ने बिषयमा निती बनाउँन अध्यक्ष श्रेष्ठले सुझाब दिनुभएको थियो ।