सम्पर्क

राजु रायमाझी मेलम्ची नगरपालिकाको प्रवक्ता

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाको आइतवार बसेको नगर कार्यपालिकाको बैठकबाट मेलम्ची नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष राजु रायमाझीलाई नगर प्रवक्तामा नियुक्त गर्ने निर्णय भएको छ ।
मेलम्ची नगरपालिकाको नगर प्रमुखका स्वकिय सचिव मानकाजी पाख्रीनका अनुसार मेलम्ची नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष राजु रायमाझीलाई कार्यपालिका बैठकले प्रवक्तामा नियुक्त गर्ने निर्णय भएको हो ।मुलुक संघिय संरचनामा गएपछि भएको स्थानीय तहको निर्वाचनपछि निर्वाचित जनप्रतिनिधिहरु मध्येबाट एक जनालाई प्रवक्तामा नियुक्त गर्ने प्रावधान अनुसार रायमाझीलाई मनोनयन गरिएको नगरकार्यपालिकाले जनाएको छ । बैशाखमा भएको स्थानीयतहको निर्वाचनमा मेलम्ची ५ बाट नेपाली काँग्रेसका तर्फबाट रायमाझी उम्मेदवार बनेर विजयी हुनुभएको थियो ।