सम्पर्क

परिबर्तनका लागी सहकार्यद्धारा बिद्यालयमा सहयोग

सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाँउपालिका वडा नं ६मा रहेको इचोक माध्यमिक बिद्यालय र महेन्द्र माध्यमिक बिद्यालयका बिद्यार्थीहरुले अध्यनका लागी सहयोग पाएका छन । परिबर्तनका लागी सहकार्य नेपालले उक्त सहयोग गरेको हो । हेलम्बु गाँउपालिका वडा नं ७का वडा अध्यक्ष मिन बहादुर खड्काको प्रमुख अतिथ्यतामा र वडा नं ६का वडा अध्यक्ष सञ्च बहादुर तामाङ्गको बिशेष अतिथ्यतामा आइतबार उक्त सहयोग सामाग्री बितरण गरिएको थियो । सहयोग सामाग्री बितरण गर्दे प्रमुख अतिथी वडा नं ७का वडा अध्यक्ष मिन बहादुर खड्काले बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुको स्वास्थ्य,र शिक्षाका लागी परिबर्तनका लागी सहकार्य नेपालले गरेको सहयोगको प्रशंसा गर्दै बिशेष धन्यबाद दिनु भयो । बिशेष अतिथी वडा नं ६का वडाअध्यक्ष सञ्च बहादुर तामाङ्गले शिक्षा सिकाइका लागी सहकार्य नेपालले गरेका सहयोगका बारेमा चर्चा गर्दे जस्तो नाम उस्तै काम भएकोमा आफुहरुलाइ खुशी लागेको बताउँनु भयो । परिबर्तनका लागी सहकार्य नेपालका शिक्षा अधिकृत रोमीला घलेको सभापतीत्वमा भएको उक्त कार्यक्रममा इचोक माध्यमिक बिद्यालयका ५२जना बिद्याथीलाइ सहयोग गरीएको छ । जसमा ४७जना बिद्यार्थीलाइ बिद्यालय पोशाकाका लागी नगद ५०००कादरले नगद र स्टेशनरी सामाग्री हरु खानेपानी पिउनका लागी बोतल,बिद्यालय ब्याग कापी छाता समेत दिइएको थियो । बाँकी ५ जना बिद्यार्थीहरुलाइ शिक्षा सिकाइका लागी स्टेशनरी लगाएतका आबश्यक समाग्रीहरु सहयोग गरिएको थियो ।सो अबशरमा इचोक माध्यमिक बिद्यालय र महेन्द्र माबीका लागी भलीबल र फुटबल समेत सस्थाको तर्फबाट दिइएको थियो ।   बिद्यालयका अभिभावक तथा किशोर किशारी समुहलाइ समेत नियमित बैठकमा उपस्थिती भएको भन्दै सस्थाले प्रोत्सहान गरेको थियो । कार्यक्रममा इचोक माबीका उत्कृष्ट बिद्यार्थी पेम्बा छिरीङ्ग तामाङ्ग,मेहन्द्र माबीका रिना तामाङ्गलाइ समेत प्रोत्सहान गरिएको थियो । परिबर्तनका लागी सहकार्य नेपालका सामाजिक परिचालीकाहरु गौरी जिम्बा, गिता दङ्गाल, परिचालाक माधब घिमीरे लगाएतको उपस्थितीमा भएको कार्यक्रममा लागु पदार्थ बिरुद्ध सचेतनामुलक कार्यक्रम समेत गरिएको थियो । परिबर्तनका लागी सहकार्य नेपालले बिद्यालयमा आएर शिक्षा सिकाइका लागी बिद्याथी। शिक्षक र अभिभावकलाइ प्रोत्साहन दिनु भएकोमा इचोक माबीका प्रअ पुर्ण बहादुर पण्डीतले धन्यबाद दिनु भयो भने महेन्द्र माबकिा प्रअ उद्धब कुमार लामीछानेले बिद्यार्थीलाइ प्रोत्साहन सहीत सचेतनामुलक कार्यक्रम गरेकोले समाजमा धेरै राम्रो शन्देस गएको बताउँनु भयो । कार्यक्रममा परिबर्तनका लागी सहकार्य नेपालका शिक्षा अधिकृत घलेले आफुहरु यस्ता धेरै बिद्यार्थीहरुलाइ सहयोग गर्ने इच्छा हुँदा हुँदै पनी श्रोत र साधनका कारण सिमतीलाइ गरिएको बताउँदै आगामी दिनहरुमा यसको दयारा फराकीलो गरिने बताउँनु भयो ।