सम्पर्क

बन्ने भयो लालबहादुर खातीको सालिक सँगै काँठे लोकदोहोरी पार्क

सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका १४मा लोक गायक तथा सङ्गीतकार स्व.लालबहादुर खातीको सालिक बन्ने भएको छ । राष्ट्र्रीय सङ्गीत कर्मी सघं सिन्धुपाल्चोकको जिल्ला शाखा कार्यलय सिन्धुपाल्चोकको बैठकले उक्त निर्णय गरेको आजिवन सदस्य लिलाराज बानीयाले जानकारी दिनु भयो । उँहाका अनुसार कलाकार लालबहादुर खातीको सम्झनामा सालीक सँगै काँठे लोकदोहोरी पार्क समेत निर्माण गर्न पहल गरिने निर्णय भएको हो । सघंका अध्यक्ष इश्वरी प्रसाद सापकोटाको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।