पर्वत समाज कतारको आयोजनामा वनभोज तथा भेटघाट कार्यक्रम सम्पन्न
दर्शन सुनार/लोकप्रिय दैनिक, कतार
पर्वत समाज कतारको आयोजनामा शुक्रबार आन्तरिक वनभोज तथा भेटघाट कार्यक्रम सम्पन भएको छ । कतारमा रहेका पर्वतेलीहरुका विचमा आयोजना गरिएको कार्यक्रममा तीन सयभन्दा बढीको उपस्थिति रहेको समाजका सचिव सेवक विश्वकर्माले जानकारी दिनुभयो । कार्यक्रममा उपस्थितिलाई परियार मित्रता समाज कतारको पञ्चेवाजा समुहले छमछमी नचाएका थिए । कार्यक्रममा बोल्दै समाजका संरक्षक छविलाल भट्टराईले समाजले गरेको कार्यक्रमले पर्वतेलीहरू बिचको आत्मियता बढाउन सहयोग गरेको बताउनु भएको थियो । उहाँले अन्य संघ, सस्था र समाजहरूसंग समेत मित्रता र परिचय गर्न गराउन कार्यक्रमले सहयोग गरेको बताउनु भयो । कार्यक्रममा सम्पूर्ण सहभागीको तर्फबाट बोल्दै समाजसेवी होमनाथ शर्माले पर्वत समाजले लामो समयदखी आफुलाई अब्बल सावित गर्दै काम गरिरहेको बताउनु भएको थियो । आपसी सद्भाव सदासयता कायम गर्दै कतारमा स्थापित अन्य संघ सं...

