सम्पर्क

पत्रकार कार्की माथि प्रहरीले गरेको प्रहार अत्यन्त निन्दनीय र खेदजनक

नागरिकलाई सुसूचित गराउने धर्म निर्वाहमा जुटेकी पत्रकार कार्कीमाथि प्रहरीले गरेको प्रहार अत्यन्त निन्दनीय र खेदजनक भएको पत्रकार महासघले जनाएको छ । नेपाल पत्रकार महासघ जिल्ला शाखा काठमाण्डौ र केन्द्रले छुटाछुटै बिज्ञेप्ती निकालेर यस्तो जनाएको हो । काठमाण्डौ शाखाका सचिब रमेश कुमार बोहोराले बिज्ञेप्ती प्रकाशीत गर्दै प्राइम टेलिभिजनकी पत्रकार सविना कार्की समाचार संकलनका क्रममा प्रहरीको पानी को फोहारा आखामा परेकोले आँखामा गम्भीर चोट लागेको भन्दै घटनाको निश्पक्ष छानबिन गरी दोषीलाइ कार्बही गरी उपभारको व्यवस्थ ागर्न माग गर्नू भएको छ । यसै गरी नेपाल पत्रकार महासंघ केन्द्रीय महासचिब राम प्रसाद दाहालद्धारा जारी बिज्ञेप्तीमा आन्दोलनरत शिक्षक र प्रहरीबीच आज काठमाडौंको नयाँबानेश्वरमा भएको झडपको समाचार संकलन गरिरहेको अवस्थामा प्रहरीले हानेको पानीको फोहोरा सिधै आँखामा पर्दा कार्की घाइते भएको जानकारी महासंघमा प्राप्त भएको छ ।घाइते पत्रकार कार्कीको सिभिल अस्पताल, ट्रमा सेन्टर हुँदै अहिले तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको छ ।नागरिकलाई सुसूचित गराउने धर्म निर्वाहमा जुटेकी पत्रकार कार्कीमाथि प्रहरीले गरेको प्रहार अत्यन्त निन्दनीय र खेदजनक छ ।

यो हर्कतले प्रेस स्वतन्त्रता र नागरिकको सुसूचित हुने संवैधानिक अधिकारमा आघात पुगेको महासंघको ठहर छ ।महासंघ घाइते पत्रकार कार्कीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दैे घटनाको छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न तथा घाइते पत्रकारको उपचारको सबै व्यवस्था मिलाउन सम्बन्धित निकायसँग माग गर्दछ भनीएको छ ।