सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं.१०ले घर घरमा टोलटोलमा गई तेस्रो किस्ता को सामाजिक सुरक्षा भत्ता वितरण गर्ने कार्यक्रम गरेको छ । वडा सचिब पुनम भण्डारीका अनुसार का अनुसार गर्मीका समयमा लामखुटेबाट बच्न जेष्ठ नागरिकलाई झुल वितरण गर्ने कार्यक्रम सम्पन्न भएको छ।
वडा अध्यक्ष निल बहादुर तामाङ सुमनको नेतृत्वमा सिन्धु बिकास बैङ्कका कर्मचारीहरु ले भत्ता बितरण गर्नुका साथै वडा कार्यलयले झुल बितरण गरेकोमा यसमा सहभागी सहयोगीहरुलाइ वडाअध्यक्ष तामाङले बिशेष धन्यबाद दिनु भएको छ ।
उँहाले कार्यक्रममा सहभागी भई साथ सहयोग गर्नुहुने सिन्धु विकास बैंक का कर्मचारी साथीहरू सुरक्षाकर्मी मित्रहरू र वडा कार्यालयका साथीहरू लगायत सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु र साथै आगामी दिनहरुमा पनि तपाईहरुको साथ सहयोगको अपेक्षा गर्दछु भन्नु भयो । वडा अध्यक्ष तामाङ २०७९मा नेपाली काँग्रेसका तर्फबाट वडाअध्यक्षमा निर्बाचित हुनु भएको हो ।