बिद्यालयमा पढाउँन छाडेर बिभिन्न माग राखी आन्दोलन गरिरहेको शिक्षकको आन्दोलनको २६ औं दिनमा आएर शिक्षकहरुले निषेधित क्षेत्र तोड्दै हात हातमा ढुंगा लिएर प्रहरी सँग भिडन्त गर्न पुगेका छन । यसै क्रममा प्रहरीले पानीको फोहारा सहीत लाठी चार्ज पनी गरेको छ ।
यस क्रममा पत्रकार र आन्दोनकारीहरु घाइते भएका छन।
आन्दोलनकारी शिक्षकले निषेधित क्षेत्र तोडेर अघि बढ्न खोजेपछि प्रहरीले पानीको फोहोरा हानेको थियो । त्यसको जवाफमा शिक्षकले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि बानेश्वर तनावग्रस्त बनेको थियो । घटना पछी आइतबार शिक्षक आन्दोलनको सभालाई सम्बोधन गर्दै महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शान्ती पुर्ण रुपमा भएको आन्दोलनका आन्दोलनकारीलाई भड्काउन सरकारले घुसपैठी पठाएर नाङ्गोपनारुप देखायो भन्दै आन्दोल अझ सशस्त्ररुपमा अगाढी बढाउँने बताउँनु भयो ।
उँहाले ‘भोलि यो भन्दा तीन गुना शिक्षक भेला हुनेछन। अब हामी पनि आउछौ भन्दै हरेक शिक्षकले फोन गर्न थालिसक्नुभएको छ,’ भन्नु भयो ।
शिक्षक र कर्मचारीमैत्री ऐन जारी गर्न माग गर्दै शिक्षकहरुले गत चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका छन् । उनीहरुले चैत २५ गतेदेखि शैक्षिक आमहड्ताल घोषणा समेत गरेका छन् । यसबीचमा शिक्षक र सरकारका प्रतिनिधिबीच सहमतिको प्रयास भए पनि सहमति जुट्न सकेको छैन । शिक्षक आन्दोलनमा सहभागी हुन पुगेका एक कार्यालय सहयोगी समेत शिक्षकहरुबाटै कुटिएका छन् । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर–३ स्थित श्री बोल्दे आधारभूत विद्यालयका कार्यालय सहयोगी पेम्बु नुर्बु तामाङ लाई शिक्षकहरूले नै घुस पैठ गरेको आरोपमा कुटपिट गरेका छन् ।तामाङको मुख र कानमा चोट लागेको छ । उहाँको कपडा पनि शिक्षकहरुले च्यातिदिएका छन् । यसै गरी आइतबार भएको आन्दोलनमा पत्रकार सहीत पचासौ जना भन्दा बढी घाइते भएका छन ।
शिक्षक आन्दोलनको क्रममा आइतबार घाइते हुनु भएको पत्रकार सबिना कार्कीको तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको छ। चिकित्सकका अनुसार सबिनाको दुवै आँखाको लेन्स सुन्निएको, आँखाभित्र रगत जमेको (हाइफिमा) र आँखाको छाला च्यातिएको छ भने मुखमा समेत चोट लागेको छ । अहिले औषधि उपचार सुरु गरिएको छ भने रगत पग्लिएपछि मात्र आँखाको पर्दाको अवस्थाबारे ठोस मूल्यांकन गर्न सकिने चिकित्सकले बताएका छन्। दृष्टि निकै कम भएकाले थप परीक्षण आवश्यक रहेको जनाइएको छ। अहिले सर्जरीको तयारी भइरहेको छ। यस सम्बन्धमा प्रेस चौतारी नेपालले बिज्ञेप्ती प्रकाशीत गरेर बिरोध जनाएको छ ।
चौतारीका महासचिब हिरामान तामाङद्धारा जारी बिज्ञेप्तीमाकाठमाडौंको नयाँ वानेश्वरमा आज शिक्षकहरूको अमर्यादित र उछृङ्खल प्रदर्शनका क्रममा प्रहरीसँगको झडपमा परी प्राइम टेलिभिजनकी संवाददाता सविना कार्कीको आँखामा गम्भीर चोट लागेको घटनाप्रति प्रेस चौतारी नेपाल मर्माहत बनेको छ ।पत्रकार कार्कीको दुबै आँखामा गम्भीर चोट लागेपछि प्रहरी आफैले बोकेर वीर अस्पतालको ट्रमा सेण्टर हुँदै तिलगंगा आँखा अस्पताल लगेको विवरण प्राप्त भएको छ ।
नागरिक सुसूचित गराउने धर्म निर्वाह गर्न कर्मथलोमा खटिएकी सञ्चारकर्मीमाथि भएको यो घटनाको प्रेस चौतारी नेपाल घोर निन्दा एवं भत्सर्ना गर्दै घटनाको अनुसन्धान गरी दोषीमाथि कडा कानुनी कारवाही गर्न, घाइते पत्रकार कार्कीको उपचारको सबै व्यबस्था मिलाउन तथा क्षतिपूर्तिका लागि जोडदार माग गर्दछ । साथै, समाचार संकलनमा खटिएका पत्रकारलाई सुरक्षाको प्रबन्ध गर्न प्रेस चौतारी राज्यसँग माग गर्दछ भनीएको ।फोटो सामाजिक सञ्जालहरु बाट
