दर्शन सुनार/लोकप्रिय समाचार दैनिक
कतारमा रहेका तमुहरुको साझाँ संस्था तमु गुरुङ समाज कतारले आगामी शुक्रबार अधिवेशन गर्ने भएको छ । “तमुहरुको एकता आजको आवश्यकता“ भन्ने मुल नाराका साथ समाजले “११ औ अधिवेशन गर्ने भएको हो ।
एघारौ अधिवेशनलाई सम्बोधन तथा प्रमुख अतिथीको भुमिका निर्वाह गर्न नेपालबाट आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, नेपालका उपाध्यक्ष रेशम गुरुङ बिहिवार राती कतार आईपुग्ने समाजले जानकारी दिएको छ । कतारलाई कर्म थलो बनाईरहेका तमुहरुलाई अधिवेशनको अवसरमा समाजमा जोडिन समाजकी अध्यक्ष टौमाया गुरुङले आग्रह समेत गर्नुभएको छ ।
शुक्रबार सनैयामा अवस्थित फुलबारी रेष्टुरेन्टको सभाहलमा सम्पन्न हुने अधिवेशनमा कतारमा स्थापित विभिन्न बैचारिक सगंठन, प्रदेश समन्वय जिल्ला संस्था बुद्धिजीवी, समाजसेवी, कलाकार पत्रकारहरुलगायत दोहाबासी सम्पुर्णलाई समाजले उपस्तिथिको लागि अनुरोध समेत गरेको छ ।