सम्पर्क

जिल्ला प्रशासन कार्यालयमा पनि सेवा दिदै चौतारा सँगाचोकगढी नगरपालिका

सगुन बस्नेत ,

सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिकाले आफ्नो नगरपालिकाको तर्फबाट जिल्ला प्रशासन कार्यालयमा कर्मचारी परिचालन गरी जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवामा निःशुल्क परामर्श तथा निबेदन अनालाइन भरिदिने ब्यवस्था मिलाएर सेवा दिन सुरु गरेको छ ।

नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले सोमबार बिधिवत रुपमा सेवाको शुभारम्भ गर्नु भएपछी यो सेवा नियमित हुने भएको हो । जिल्ला प्रशासन कार्यालयको गेटमा १४ नं. कोठामा नगरपालिकाले कर्मचारीको व्यवस्था गरेर सेवा सुरु गरिएको छ । सेवा सुरु गर्दै नगर प्रमुख सापकोटाले आप्राबासी श्रोतकेन्द्र मार्फत् राष्ट्रिय परिचयपत्रको अनलाइन फाराम भरिदिने ई–पासपोटको अनलाइन निबेदन लेखिदिने जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवाहरुको निबेदन लेख्न नजान्नेका लागी लेखिदिने ब्यवस्था मिलाइएको बताउँनु भयो ।

उहाँले अहिलेको समयमा पनि धेरै नागरिकहरुले जिल्ला प्रशासन कार्यलबाट पाँउने सुबिधा लिनका लागी निवेदन समेत लेख्न नसक्ने, पासपोर्टका लागी अनलाईन फाराम भर्नका लागी नजानेर अरुलाई अचै दिएर भर्न लगाउँन पर्ने समस्या भएकाले त्यस्ता ब्यक्तिहरुको सुबिधाका प्रमुख जिल्ला अधिकारी किरण थापाको अनुरोधमा नगरपालिकाले कर्मचारी सहितको सहयोग गरेको र चौतारा साँगाचोकगढी नगरपालिकाको सहयोग भएतापनि यहाँ आउँने सबै नागरिकलाई यो सेवा उपलब्ध गराइने बताउँनु भयो ।
चैत ७ गतेदेखी सेवा बिस्तार भएको भएतापनि नगर प्रमुख सापकोटाले सोमबार सेवा कक्षबाटै चौतारा साँगाचोकढी नगरपालिका वडा नम्बर १३ को निशा थापालाई राष्ट्रिय परिचयपत्रको अनलाईन फारम हस्तान्तरण गरि सेवाको औपचारिक सुभारम्भ गर्नु भएको हो । शुभारम्भ गर्दै प्रमुख जिल्ला अधिकारी किरण थापाले नगरपालिकाबाट गरेको सहयोगप्रति बिशेष धन्यबाद दिनु हुँदै यो सेवाबाट बाहिर बिचैलियाबाट हुने गतिबिधि पनि नियन्त्रण हुने जिल्ला प्रशासन कार्यालयको कर्मचारीलाई पनि सहजता हुने र सेवाग्राहीले पनि निःशुल्क रुपमा छिटो सेवा पाउँने बताउँनु भयो । उहाँले हाललाई १४ नं. कोठाबाट सहयोग उपलब्ध गराइरहेको र त्यँहाबाट बैदेशिक रोजगाको परामर्शका साथै हरेक बिषयमा जानकारी दिन र सेवा दिनका लागी सामी सहजता भएको बताउँनु भयो ।
प्रमुख जिल्ला अधिकारी थापाले आर्थिक रुपले बिपन्न, अशक्त, अपाङ्गता, जेष्ठ नागरिकको अवस्थालाई मध्यनजर गरि जिल्ला प्रशासनले निःशुल्क सेवा प्रदान गरेको बताउँनु भयो ।
सुभारम्भ कार्यक्रममा नगर उप–प्रमुख सिता थापा, प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ सापकोटा, नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका सभापती ध्रुब दङ्गाल लगाएतको उपस्थिती रहेको थियो । चौतारा साँगाचोकगढी नगरपालिकाको सहयोगमा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकबाट चैत्र ७ गते यता ५ सय ६९ जनाले सेवा लिएको सम्पर्क व्यक्ति निर्मल बस्नेतले जानकारी दिनुभयो । नगरापालिकाले एक जना कर्मचारीको व्यवस्था गरि जिल्ला प्रशासनको सेवामा सहयोग गरेको छ । सम्पर्क व्यक्ति निर्मल बस्नेतका अनुसार कार्यालयको नियमित सेवासँग सम्बन्धित निवेदनहरु१ सय १७, राष्ट्रिय परिचय पत्र अनलाईन फरम ३ सय २१, पासपोर्टको अनलाईन फरम ४४ गरि जम्मा ५ यस ६९ जनाले सेवा लिएका छन् ।
यसरी नगरपालिकाले सहयोग गरेर सेवा दिन लागेकोले सिन्धुपाल्चोकका धेरैलाई सहयोग पुग्ने र उमेर नपुगी नागरिकता बनाउँन खोज्ने तथा अरुको लहैलहैमा लागेर बिदेस जानेहरुको सख्ंयामा कमी आउँने सामी कार्यक्रमका जिल्ला संयोजक अरुण पौडेलले बताउँनु भयो ।