सम्पर्क

नगर प्रमुख सापकोटाद्धारा चस्मा वितरण

फागुन २० गतेदेखी बैशाख १५ गते सम्ममा नगरका १ सय ५० जनालाई निःशुल्क चस्मा वितरण गरेको छ भने ८० जनाको आँखाको सल्यक्रिया गरिएको छ ।
गत फागुन २०, २१, र २२ गते तिन दिनसम्म चलेको निःशुल्क आँखा शिबीरमा नगरपालिकाका १४ वटै वडाका नागरिकहरु गरी जम्मा ७ सय २५ जनाले सेवा लिएका थिए ।
नगरपालिका स्वास्थ्य शाखाका प्रमुख शिव पुरीका अनुसार शिबिरमा सल्यक्रिया गर्न पर्ने आँखाका बिरामीहरुलाई नगरपालिकाबाटै सबै खर्च ब्याहोेरिएको र चस्मा नगरपालिकाबाटै बितरण गरिएको हो । चौतारा साँगाचोकगढी नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद सापकोटाले नगरका नागरिकहरु कुनै समस्यामा नपरुन र हरेक समस्याको समधानका लागी स्रोत र साधनले भ्याएसम्म समाधान गरेर नागरिकलाई सहयोग गरिने बताउँनु भयो ।
कार्यक्रममा नगर उप्रमुख सिता थापा, प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ सापकोटाले चस्मा बितरण गर्दै नागरिकको स्वास्थ्यको लागी नगरपालिका लगाएतका आँखा बिरामीहरुको उपस्थिती रहेको थियो । चौतारा साँगाचोकगढी नगरपालिकाले हरेक वडाका आँखा बिरामीहरुका लागी निःशुल्क शिबीरमा लाने ल्याउँने व्यवस्था मिलाइएको थियो ।