नेत्र बहादुर बस्नेत ,सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी किरण थापाले सिन्धुपाल्चोक जिल्लाका हरेक नागरिकले आ–आफ्नै स्थानबाट प्राप्त गरुन भन्ने उद्धेश्यले हरेक पालिाकहरुलाई परिचय पत्र बितरणका लागी ब्यवस्था मिलाइएको बताउँनु भयो ।उहाँले चौतारा साँगाचोकढी नगरपालिकाको कार्यालयमा सोमबार राष्ट्रिय परिचयपत्र बितरण गर्दै यस्तो बताउँनु भएको हो ।
उहाँले बिभागबाट टोली खटाएर वडा कार्यालयहरु मार्फत् परिचयपत्रको फोटो खिचेका नागरिकहरुलाई परिचय पत्र लिन जिल्ला प्रशासन कार्यालयमा आउँनभन्दा सम्बन्धित पालिकाको कार्यालयमा सहज हुने भएकाले पालिकाहरुबाट नै परिचयपत्र दिने व्यवस्था मिलाइएको बताउँनु भयो ।
प्रजिअ थापाले भोटेकोशी गाउँपालिकामा माननीय परराष्ट्रमन्त्री आरजु राण देउवाको प्रमुख अतिथ्यतामा र माननीय पुर्बमन्त्री मोहन बहादुर बस्नेतको बिशेष अतिथ्यतामा परिचयपत्र बितरण सुरु गरिएको र सोमबार चौतारा साँगाचोकगढी नगरपालिकामा बितरण गरिएको छ । त्यसैगरि मंगलबार बलेफी गाँउपालिकामा बितरण गरिने कार्यक्रम रहेको बताउँनु भयो । परिचयपत्र बनेर आउने, प्रशासन कार्यालयमा थन्किएर बस्ने समस्या भएपछि सम्बन्धित पालिकाबाटै वितरण गर्ने व्यवस्थाको सुरु गरिएको प्रशासनले जनाएको छ ।
सो अवसरमा नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले नागकिताबाटै काम चलाई रहेका नेपाली नागकिहरुलाई राष्ट्रिय परिचयपत्रको व्यवस्था गरेको बताउँनु हुँदै यो परिचयपत्रका लागी प्रजिअले गाउँ घरमा नै पुर्याउँने व्यवस्था मिलायँने भुमिका खेल्नु भएकोमा बिशेष धन्यबाद दिनुभयो । नगरपालिकाको नगर प्रमुखको कार्यकक्षमा आयोजित कार्यक्रममा नगरप्रमुख कृष्ण प्रसाद सापकोटा, उप–प्रमुख सिता थापा, प्रमुख जिल्ला अधिकारी किरण थापा, प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटा, सामाजिक विकास समितिको संयोजक तथा वडा नं. १३ का वडाध्यक्ष राम प्रसाद गौतमलगायत नगरको अन्य कर्मचारीहरूको उपस्थितिमा वितरण गरिएको हो । बिभागबाट खटिएका कर्मचारीहरुले फोटो खिचेर बनाइएको १४१००० । एकलाख एकचालिसहजार थान परिचयपत्र बितरण गर्न लागीएको हो ।