सम्पर्क

बाह्रबिसेमा बोलेरो दुर्घटनामा १२ जना घाइते, दुईको अवस्था गम्भीर

कबीता श्रेष्ठ,सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–८ मानेश्वाराको गोल्माथाङ मन्दिरभन्दा माथिल्लो मोडमा बोलेरो पल्टिँदा १२ यात्रु घाइते भएको समाचार प्राप्त भएको छ। ईलाका प्रहरी बाह्रबिसेका अनुसार बा १९ च ८३०४ नम्बरको बोलेरो मोडमा ठोक्किँदा यसमा सवार १२ स्थानीय यात्रु घाइते भएका हुन् ।

घाइतेहरुको बाह्रबिसे नगर अस्पतालमा उपचार भइरहेको छ भने घाइतेमध्ये दुईको अवस्था गम्भीर भएकाले काठमाडौं रेफर गरिएको ईप्रका बाह्रबिसेका प्रहरी निरीक्षक सुमेश पाण्डेले बताउँनु भयो ।उँहाका ’ अनुसार घाइते अधिकाशंको टाउको र खुट्टामा गहिरो चोट लागेको छ । सोमबार बिहान दुर्घटना भएलगत्तै स्थानीय र सुरक्षाकर्मी उद्धारमा जुटेका थिए । नजिकै बस्ती भएकाले दुर्घटनामा तत्काल उद्धार सम्भव भएको थियो दुर्घटना बलेरोको ब्रेक फेल भएका कारण भएको घाइतेहरुको भनाइ रहेको छ । बोलेरो चालकलाइ भने प्रहरीले नियन्त्रणका लिएको छ ।