सम्पर्क

‘द बेटर ड्राइभ इनिसिएटिभ’ कार्यक्रम सम्पन्न

विश्वव्यापी मोबिलिटी र अर्बन सर्भिसेस प्लेटफर्म इनड्राइभले चालक साझेदारहरूको सशक्तीकरण र सामुदायिक संलग्नतालाई मजबुत बनाउन ‘द बेटर ड्राइभ इनिसिएटिभ – मनी, माइन्ड, म्यानर’ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।
कार्यक्रममा आर्थिक साक्षरता, मानसिक स्वास्थ्य, शिष्ट व्यवहार र व्यावसायिक सेवाको महत्वजस्ता विषयमा ज्ञान र सीप प्रदान गरिएको थियो । यस पहलको उद्देश्य सुरक्षित, पेशागत र मैत्रीपूर्ण सवारी प्रणाली निर्माण गर्न चालकहरूलाई आवश्यक मनोबल र सीप विकास गर्नु रहेको इनड्राइभले जनाएको छ । सहभागी चालकहरूलाई वित्तीय योजना, सडक सुरक्षाका सावधानीहरू, मानसिक स्वास्थ्य व्यवस्थापन र उत्कृष्ट ग्राहक सेवा सम्बन्धी प्रशिक्षण दिइएको थियो । ट्राफिक प्रहरीका प्रतिनिधिहरूद्वारा सञ्चालित सत्रमा सडक सुरक्षा र नियम पालना सम्बन्धी जानकारी प्रदान गरिएको थियो । आर्थिक साक्षरताका लागि आईएमईका चिफ ग्रोथ अफिसर संजीव न्यौपानेको नेतृत्वमा दिगो आर्थिक व्यवस्थापन, बचत, लगानी र डिजिटल वित्तीय उपकरणहरूको व्यवहारिक तालिम दिएको थियो ।
मानसिक स्वास्थ्य विषयमा ह्याप्पी माइन्ड्सकी संस्थापक श्रेया गिरीले तनाव व्यवस्थापन र सकारात्मक सोचको प्रभावबारे गहन छलफल गर्नुभयो ।
इनड्राइभका एसिया प्यासिफिक क्षेत्रीय निर्देशक मार्क टलीले चालक साझेदारहरूको सशक्तीकरण केवल प्रविधिसँग सीमित नभई मानव कल्याण, सुरक्षा र आर्थिक सुदृढता सँग जोडिएको बताउनुभयो ।
उहाँले ‘द बेटर ड्राइभ इनिसिएटिभ’ जस्ता पहलहरूले नेपालमा उत्तरदायी, दिगो र समावेशी मोबिलिटी इकोसिस्टम निर्माणमा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो । ‘द बेटर ड्राइभः इनिसिएटिभ मनि, माइण्ड, म्यानर‘ न केवल शहरी यातायात प्रणालीमा गुणात्मक परिवर्तन ल्याउने दिशामा एक कदम हो, यो इनड्राइभको स्थायी परिवर्तन र सामाजिक उत्थानप्रति गरिएको निरन्तर प्रयासको स्पष्ट प्रमाण रहेको आयोजकले जनाएको छ ।