सम्पर्क

बाह्रबिसे नगरपालिकाद्धारा असाय र अपाङ्गता भएका बालबालिकाहरूलाई सहयोग

नेत्र बहादुर बस्नेत
सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिकाले नगरपालिकाभित्र रहेका अपाङ्ग बालबालिकाहरुको स्वास्थ्य परिक्षणसहित सहयोगी सामाग्री बितरण गरेको छ ।

oplus_32

नगरले आय–आर्जन वृद्धिको निम्त विभिन्न प्रकारको सहयोग गर्दै आइरहेको छ । बाह्रविसे नगरपालिकाको उप–प्रमुख मन्जु तामाङको सभापतित्वमा बाह्रबिसे प्राथमिक स्वास्थ्य सेवा केन्द्रमा अपाङ्ग बाल अस्पताल तथा पुनस्थपना केन्द्रको सहयोगमा भएको कार्यक्रममा १८ वर्ष भन्दा मुनिका बालबालिकाहरूलाई सहयोगी सामग्रीहरू ह्वीलचियरहरू हस्तान्तरण गरेको छ ।
बाहबिसे नगरपालिकाको प्राथमिक स्वास्थ केन्द्रमा भएको कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग गर्न घरघरमा नै जान पर्ने नगर उपप्रमुख मन्जु तामाङले बताउँनु भयो । तामाङले सहयोगी सामागी्र हस्तानन्तरण गर्दै नगरमा रहेका सबै अपाङ्गता असाय नागिरकको स्वास्थ्य उपचारका साथै अभिभावकलाई आय आर्जनका लागि बशेष कार्यक्रम गरिरहेको बताउनु भयो । उहाँले सुखि नेपाल समृद्ध नेपालका लागि सबैको मन खुशि हुन पर्ने बताउँदै कोही कसैलाई कुनै पनि दुख नपरोस् भनेर नगरपालिकाले काम गरिहेको बताउनु भयो ।

oplus_0

उहाँले वास्तविक समस्याको पहिचान गरी कुन आवश्यकयता बढी रहेको छ सो कुरालाई ध्यानमा राखी आजको शिविर सम्पन्न भएर मात्र नभई भोलिका दिनमा पनि शिविरबाट सेवा सहयोग गर्न सकिन्छ भन्नुभयो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत इश्वरि प्रसाद शर्माले अपाङ्गता भएका ब्यक्तिसँगै उसका परिवार पनि अपाङ्ग भएको महशुस हुन्छ भन्नु हुँदै ग्रमाण क्षेत्रका मानीसहरुले काम नगरी खान पाइदैन र भएका अभिभावकले यस्तै अपाङ्गता भएका आफ्ना बालबालिकालाई हेरचाह गर्न पर्दा झनै समस्यामा पर्ने गरेकाले घरका अभिभावकलाई काम गर्ने समय दिनका लागी नगरपालिकाबाट २÷३जना हेरचाह गर्ने ब्यक्ति हेरालु राखेर एकै ठाँउमा व्यवस्थापन गरी राख्न सके सबै भन्दा राम्रो हुने र अशक्त अपाङ्ग भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण तथा उनीहरुको सरक्षणको लागी सहजता हुने भएकाले त्यस तर्फ नगरपालिकाले सहयोग गर्ने बताउँनु भयो ।
नगर जनस्वास्थ्य अधिकृत सिता मायाँ दाहालले समृद्ध नेपाल सुखी नेपाली भन्ने उखान मात्र रहेको वास्तविक जीवन भने कष्टकर रहेको भन्दै उहाँले कानुनी नियम कानून अनुसार नै कार्य गर्ने गरेको बताउनु भयो । जनस्वास्थ्य निरिक्षक राजकुमार पौडेलले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा अपाङ्ग बाल अस्पताल तथा पुनस्थपना केन्द्रका डा. बिबेक लामाले यस्ता सहयोगलाई निरन्तरता दिइने बताउँनु भयो । अपाङ्ग बालअस्पताल तथा पुनस्थपना केन्द्रका टिका बहादुर बिक लगाएतका समुहहरुको बिशेष सक्रीयतामा बाह्रबिसे स्वास्थ्य केन्द्रका कर्मचारीहरुको सहयोगमा गरिएको शिबीरमा अशक्त अपाङ्गता भएका ब्यक्तिहरुको उपस्थिती रहेको थियो ।