दर्शन सुनार/ लोकप्रिय समाचार दैनिक
कतारमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कतारमा स्थापित गण्डकी प्रदेश मातहतमा रहेका तीन जिल्ला सस्थाँ म्यादी प्रवासी नेपाली संघ (मोना)कतार,पर्वत समाज कतार, र बागलुङ सेवा समाज कतारको संयुक्त आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको हो । “रक्तदान जिवनदान“भन्ने मुल नारालाई आत्मसाथ गर्दै नेपाली रक्तदाता संघ कतारले समन्वय गर्दै शुक्रबार कतारको हमद हस्पिटलको बल्ड डोनेसन सेन्टरमा ५३ जनाले रक्तदान गर्न सफल रहेको आयोजक संस्थाहरुले जानकारी दिएका छन । “मानविय तथा परोपकारी“ कार्यमा सहभागी भई रक्तदान गरेका सम्पुर्ण रक्तदाताहरुलाई प्रशंसा पत्र समेत प्रदान गरिएको थियो । नेपाली नयाँ बर्ष २०८२ सालको पावन अवसर पारेर आयोजना गरिएको कार्यक्रममा नेपाली राजदूतावास कतारका प्रथम सचिब कृष्ण कुमार सुवेदी सहित कतारमा रहेका नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो । रक्तदान कार्यक्रम बिहान ८ बजे देखी दिउँसो १ बजे सम्म चलेको थियो ।