हरेक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिन आजैका दिन आफ्रनो जन्म र कर्म सन्सारदिनेजन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज हाम्रा आमाको भौतीक शरिर सन्सारमा नभए पनी आत्मालाइ भने आफुले सकेको मिठा मिठा खानेकुरा सम्झनामा खान दिई श्रद्धा भक्तिसाथ सम्झना गरेको छु । आज मात्र होइन हामीलाइ आमाले यो धर्तीमा पैदा गरेको दिन देखी आमा भनेर सम्बोधन गरेको बाहेक त्यो समय देखी आमा सँग लिन बाहेका केही दिन सकेको छैन ।
हामी आमाको मुख हेर्ने दिनमा मात्र सम्झने गर्छाै भन्ने होइन यो दिनचाही बिशेष गरी एक पर्बकै रुपमा मनाइने भएकाले बढी महत्व दिने गरेका छौ शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ । छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् । दिवङ्गत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ । वैशाखकृष्ण औँसीका दिन दिवङ्गत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदादानसहित श्राद्ध गरे खुसी भई आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको हँदा त्यही अनुरुप हामीले हाम्रा आमाको नाममा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उँहाले गरेका महान् एवं कष्टकर कामको सम्झना अली बढी गर्नेगरेका छौ । सन्तानलाई नौ महिनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्व अरुभन्दा बढी छ । देनिक सिदा दान नगरेको भएता पनी देनिक बिहान उठ्ने बितीक्कै आमा सम्झन्छौ सनातन वैदिक शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ । वैदिक सनातन धर्मग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला एवं प्यार हुन् भनी आमा र जन्मभूमिको महत्व दर्शाइएको पाइन्छ । जँहा जे भए पनी जुसुकै धर्म, समाज जुनसुकै प्राणीहरुले आमा बिनाको ससांर पाउँदैनन यो बिषयलाइ सबैले बुझन पर्ने जरुरी छ ।नेत्र बहादुर बस्नेत,