ऐतीहासिक स्थल त्रिपुरासुन्द्रीमा दही छ्यापाछ्याप
सिन्धुपाल्चोक जिल्लाको त्रिपुरा सुन्दरी गाउँपालिकामा पर्ने पुरानो र ऐतिहासिक स्थल तौथली बजारमा बिहीबार दही छ्याप्दै तौथली जात्रा मनाइएको छ । वृद्धवृद्धादेखि युवा जमात ठेकी र बाल्टीबाट अबिर मिसिएको दही लिएर एकले अर्कालाई दही छ्यापाछ्याप गर्दै दही जात्रा मनाइएको छ । जिल्लाकै पहचिान बोकेको यो ऐतीहासिक दही जात्रा बिग्रीएको मौसमका कारण पनी उत्साहजनक रुपमा मनाइएको छ । ‘महाकाली भगवती (ललिता त्रिपुरासुन्दरी )ले महिषासुरको बध गर्नुभएको खुशीयालीमा किरातकालदेखि हालसम्म यहाँ दही जात्रा हुँदै आएको त्रिपुरासुन्दरी गाउँपालिका वडा ५ तौथलीका पूर्वअध्यक्ष विष्णुभक्त श्रेष्ठले जानकारी दिनु भयो । उँहाका अनुसार विष्णुका पूर्ण अवतार कृष्णाले होलिकालाई बध गरेर ‘होली पूर्णिमा’ मनाइएझैं यहाँ महिषको अन्त्य भएको हर्षबढाइँ मनाइएको हो ।दुई घण्टाको दही छ्याप्ने जात्रा सकेपछि महादेवीलाई जगाउन ६ वटा लिंगो नचाउँदै तरब...
