सम्पर्क

महिला बिकास भोटेकोसी द्वारा ईतिहाँसमै पहिलो तिज विशेष कार्यक्रम सम्पन्न

 

कुमार बस्नेत (अधिराज)
भाद्र १२।।भोटेकोसी।। भोटेकोसी गाउँ पालिका उपाध्यक्ष दिछेन शेर्पाको नेत्रित्वमा हरितालिका तिज पर्वको अवसरमा भोटेकोसी गाँउपालिका महिला बिकास शाखा द्वारा आईतवार तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ।
भोटेकोसी गाउँपालिका वडा न ४ हिन्दी गाउँ पालिका सभाहलमा गाउँकार्यपालिकाको कार्यालय अन्तर्गतका ५ वटै वडाका आमा समूह, महिला समूह, कृषि समूह, गाउँपालिका सम्पूर्ण महिला कर्मचारीहरु लगायत सम्पूर्ण महिला दिदि बहिनिहरू उपस्थिति कार्यक्रम सम्पन्न भएको उपाध्यक्ष शेर्पाले बताउनु भयो।
कार्यक्रममा सबै वडाका महिला समूह,आमा समूह,कृषि समुह लगाएतका समुहलाई पालिका भित्र उत्कृष्ट कार्य गर्ने समुह र महिला दिदी बहिनी हरूलाई केही राम्रो काम गर्न हौसला मिलोस् भनी येहि मौकामा भोटेकोशी गाउपलिका शिर्षक मा वक्तित्वकला प्रतियोगिता पनि गरिएको थियो। प्रतियोगितामा पहिलो दोस्रो अनि तेस्रो लाई नगद पुरस्कार र मायाको चिनो दिए र सम्मान गरिएको थियो । प्रतियोगितामा सहभागि जनाउनेलाइ पनि सान्त्वना स्वोरूप केही नगद र मायाको चिनो दिए र सम्मान गरिएको छ। विभिन्न स्थानिय संस्कृति झल्कने खेल खेल्दै रमाईलो गरेर भोटेकोसीमा ईतिहाँसमा पहिलो चोटि भन्दा पनि फरक पर्दैन।  यो पहिलो चोटि तिज विशेष कार्यक्रम भब्य रूपमा मनाईएको हो।आउदा दिनहरूमा महिला दिदी बहिनिहरूलाई शसक्तिकरण क्षेमता बृदि उहाँ हरूको आत्मबल बढाउन यस्ता खालका कार्यक्रमहरू गरि रहने छौ यश कार्यक्रमले सबै दिदी बहिनिहरू धेरै खुसि हुनु भएको उपाध्यक्ष शेर्पाले बताउनु भयो।